
कैलाली , श्रावण २४ । प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र राज्यमन्त्री टेक बहादुर रैका ले जानकारी दिनुभयो ।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ‘सामाजिक विकास मन्त्री ज्यूले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव मन्त्री ज्यू ले मन्त्रिपरिषदमा लैजानु भयो र आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको राज्यमन्त्री रैका ले भन्नभयो ।
प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयमा हामी अाई सके पछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका हौ राज्यमन्त्री रैका ले भन्नुभयो । यसले स्वास्थ सेवामा थप सहजता ल्याउछ । सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति गरिएको हो ।