
निराजन भण्डारी कमलबजार भाद्र २७ । कमलबजार नगरपालिकाको कार्यालय तथा नगरका १० वटै वडामा रहेका सामुदायिक विद्यालयमा लगाइएको ताला आज खोलिएको छ ।
कमलबजार नगर शिक्षक समितीद्धारा भाद्र २२ बाट लगाइएको ताला आज २७ गते सोमबार अर्थात ६ दिन पछि खोलिएको समितीका अध्यक्ष दिपक बिष्टले अछाम अनलाइनलाई जानकारी दिनुभएको छ ।
कमलबजार नगरपालिका र नगर शिक्षक समितीको मौखिक सहमति अनुसार ताला खोलिएको शिक्षक समितीका अध्यक्ष बिष्टले बताउनुभयो ।
मौखिक सहमति अनुसार नगरपालिकाकाले केही समयका लागि शिक्षकलाई काम गर्न निर्देशन दिएको छ भने त्यसपछि शिक्षा सम्बन्धी कार्यदल बनाएर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।
बिष्टका अनुसार आगामी कार्यपालिकाको बैठकले नगर शिक्षकको व्यावस्थापनको बारेमा निर्णय गर्ने सहमति अनुसार ताला खोलिएको हो ।
नगरपालिकाले नगर स्वयम सेवक शिक्षकको म्याद थप नगरेको नेपाल सरकारको नियम अनुसार तलब भत्ता वृद्धि नगरेको शिक्षकहरूका अधिकारलाई हनन गरेको विषयलाई लिएर नगरपालिकाको कार्यालय तथा नगरका १० वटै वडामा रहेका सामुदायिक विद्यालयमा नगर स्वयम सेवक शिक्षकले तालाबन्दी गरेको थियो ।
कमलबजार नगरपालिकाको कार्यालय तथा सामुदायिक विद्यालयमा लगाइएको ताला खोलिए सँगै सेवाग्राही सेवा तथा हजारौँ विद्यार्थीहरु खुशी भएका छन ।