
कमलबजार, कार्तीक १६ ।
भाद्र ३१ गते राती पहिरोका कारण घर भत्कीएर ७ जनाको मृत्यु भएका पिडित परिवार लाई कमलबजार नगरपालिकाले राहत स्वरुप ३ लाख रकम उपलब्ध गराएको छ । मृतक परिवारका इन्द्र सिंह कामी र नम कामी लाई जनही एक लाख पचास हजारका दरले नगर कार्यपालिकाको निर्णय अनुसार चेक मार्फत रकम हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनु भयो । राहत हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिकाको ६ नं वडाका वडा अध्यक्ष लाल बहादुर शाह लगायतको उपस्थिती रहेको थियो ।