
डोटी भुकम्प पिडितलाई राहत वितरण
२९ कार्तिक, अछाम । डोटी जिल्लाको पुर्विचौकी गाँउपालिकामा गत साता गएको भुकम्पमा परी ज्यान गुमाएका तिन घर-परिवार लगायत घर भत्केका अन्यलाई रहेक दुख, पिडामा निरन्तर सहयोग गर्दै आएकोHem & Maya Foundation मार्फत हेम थापाले पचास हजार बराबरको सहयोग प्रदान गर्नु भएको छ।
पिडितलाई नगद , लत्ता कपडा , त्रिपाल लगायतको सहयोग घटनास्थलमै गएर पालिका अध्यक्ष, उपाध्यक्ष, सुरक्षा निकाय; रेडक्रस कर्मी सामाजिक अभियन्ता लक्ष्मी बोगटी, सुमन देवल, किरण क्षेत्री तथा स्थानीयको उपस्थितिमा वितरण गरिएको जानकारी देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
सो भुकम्पमा परी ३ घर-परिवारका ६ जनाको ज्यान गएको थियो भने सयौं घरहरु भत्कीएका थिए।