हिक्मत नेपाली
कमलबजार, मंसिर २४ ।
कमलबजारमा जारी दोस्रो कृषी, पर्यटन तथा साँसकृतिक मेला महोत्सब कमलबजारमा सम्पन्न भएको छ । आयोजक चेतना जनजागरण युवा क्लवका उपाध्यक्ष जनक थापाको अध्यक्षतामा भइको समापन कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिष्टले यस्ता साँस्कृतीक कार्यक्रमले कला संस्कृती संरक्षणमा महत्वपुर्ण भुमीका रहने र पालिकाले यस्ता मेला मोहत्सवका कार्यक्रम लाई सहयोग गर्ने बताउनु भयो । दोश्रो कृषि पर्यटन तथा साँस्कृतीक मेला अन्र्तगत आज चर्तित लोक गायक तथा मोडेल रामजि खाँडले बिशेष प्रस्तुती रहेको थियो । चेतना जनजागरण युवा क्लबको आयोजनामा मंसिर १४ गते देखी सुरु भएको महोत्सवक प्रर्वद्धक कमलबजार नगर उद्योग वाणिज्य संघ तथा कमलबजार विकास तथा प्रर्वद्धन समिती रहेको थियो । त्यसैगरी कमलबजार नगरपालिकाको समन्वयमा कमलबजार कृषि पर्यटन तथा साँस्कृतीक मेला महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक राम जि खाँण को हेर्ने दर्शकको उल्लेख्य सहभागिता रहको थियो ।
ADVERTISEMENT


