
अछाम । मुक्तक मञ्च अछाम शाखाको अध्यक्षमा टेकराज भण्डारी चयन भएका छन् । शुक्रबार साँझ भएको मुक्तक मञ्च नेपालको भर्चुअल बैठकले भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेकाे साहित्यकर्मी हिमाल उदाशीले जानकारी दिए ।
भण्डारीको नेतृत्वले पछिल्लो समय जिल्लामा सुस्ताउँदै गरेका साहित्यिक गतिविधिमा ऊर्जा थपिने उदासीको विश्वास छ ।
उपाध्यक्षमा हिक्मत नेपाली, सचिव भिम सरोवर, कोषाध्यक्ष डम्बर वोगटी सदस्यहरुमा रमिता बुढा, उपेन्द्र भावुक, रमेश वेदना, प्रमिला ढुङ्गान र चन्द्र प्रकाश साउद छन् । भने, सल्लाहकारमा रावल कृष्ण चयन भएका छन् ।
अध्यक्ष भण्डारी लामो समयदेखि पत्रकारितामा समेत सक्रिय छन् । जिल्लामा रहेर अध्यक्ष भण्डारीले सञ्चारकर्ममार्फत् साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् । COPY BY RAJDHALI LIVE