
नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन्।
सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताए। उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु। विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’
