चन्द्र प्रसाद भाट,७ माघ,अछाम : अछामको कमलबजार नगरपालिकाका उप प्रमुख एवं अनुगमन समितिका संयोजक शारदा कुमारी बिस्ट (कुँवर) ले आफूले प्रयोग गर्ने भौतिक संरचना दिगो बन्नुपर्ने बताउनु भएको छ । शनिवार नगरपालिकाको वडा नः ५ कंकाल्नामा निर्माण भएको खानेपानी योजनाको अनुगमन गर्दै संयोजक कुँवरले टोलमा निर्माण भएका भौतिक संरचनाको संरक्षणमा प्रयोगकर्ता आफै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो ।

ग्रामिण विकास केन्द्र रुडेक नेपाल र कमलबजार नगरपालिकाको साझेदारीमा निर्मित खानेपानी योजनाको अनुगमन गर्दै उहाँले खानेपानीका भौतिक संरचना निकै गुणस्तरीय बनेको भन्दै अब यसको संरक्षणमा स्थानियले काम गर्नुपर्ने बताईन् । खानेपानी योजनाको काम निकै गुणस्तर बनेको छ, उनले भनिन्, अब यसको दिगो कार्यान्वयनका लागी उपभोक्ता आफै सक्रिय बन्नु आवश्यक छ ।

एकघर एक धारो कार्यक्रम अन्तरगत निर्माण गरिएका पानीका धारा,खानेपानी ट्याङ्कीको निरीक्षण गर्दै उप प्रमुख कुँवरले यसको नियमितताका लागी स्थानियको भूमिका अपरीहार्य रहेको भन्दै यसको संरक्षणका लागीपनि अरुको मुख ताक्न नहुँनेमा जोड दिनुभयो । नगरपालिकाको खानेपानी तथा सरसफाईको यो अभियानमा रुडेक नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै उहाँले संस्थाको प्रशंसा गर्नुभयो । रुडेक नेपालका आगामी कार्यक्रमहरुमन पनि नगरपालिका सहकार्य गर्न तयार रहेको उहाँको भनाई छ ।

अनुगमन टोलीमा सहभागी हुनुभएका वडा नः ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले वडाका समग्र विकासका लागी आफू निरन्तर लागीपरेको बताउँदै नागरिकको अपेक्षा अनुसारका कामगर्ने प्रतिवद्धता जनाउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,यातायात,बिद्युत लगाएतका विकासका कामहरु गर्न आफू लागीपरेको बताउँदै नमूना वडाको रुपमा विकास गर्ने बताए । आफूले प्रयोग गर्ने स्रोत साधनको संरक्षण गर्नु आफ्नो दायित्व भएको भन्दै आफ्नो जिम्मेवारी बाट नपञ्छिन आग्रह गर्नुभयो ।

रुडेक नेपाल र नगरपालिकाको साझेदारीमा आगनमै खानेपानीका धारा निर्माण भएपछि आफूहरुलाई सहज भएको स्थानियहरुले बताएका छन । फरक खबर संग कुरा गर्दै स्थानिय राम प्रसाद बजगाँईले अहिले आफू लगायत टोलका अन्य छिमेकीलाई समेत निकै सजिलो भएको बताएका छन । खान,सरसफाई गर्न र त्यसबाट निस्किएको फोहोर पानीलाई करेसाबारीमा उपयोग गरेको सुनाउँदै उहाँले रुडेक नेपाल र नगरपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

अनुगमन टोलीमा वडा नः २ का अध्यक्ष दिर्घ टमट्टा, रुडेक नेपालका फिल्ड संयोजक उजिर सिंह नेपाली, पत्रकार,खानेपानी उपभोक्ता समितिका पदाधिकारी,स्थानिय लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय