
कमलबजार, माघ ८ ।
आपतकालिन अवस्थामा बाल संरक्षणको लागी स्थानिय तहमा योजना तर्जुमा सम्बन्धी बाल संजाल , युवा क्लब तथा किशोर किशोरीहरुका लागी २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । युनिसेफको आर्थीक सहयोग तथा कमलबजार नगरपालिकाको महिला तथा वालबालिका शाखाको आयोजनामा तालिम आज सम्पन्न भएको हो । २ दिने क्षमता विकास तालिममा ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख एवंम् प्रहरी निरिक्षक भास्कर चन्द र आस्था नेपालका लभजंग कुँवरले तालिमको सहजिकरण गर्नु भएको हो ।
तालिममा कमलबजार नगरपालिका अन्र्तगतका बाल सञ्जाल तथा युवा क्लबका पदाधिकारी लगायत कमलजार नगरपालिकाका विभिन्न वडा बाट ३० भन्दा वालवालिकाको सहभागीता रहेको थियो ।
तालिममा वालवालिकाको क्षमता अभिवृद्धिका लागी वाल अधिकार सम्बन्धी कानुनमा रहेका व्यवस्थाका विषयमा तथा आपतकालिन अवस्थामा बाल संरक्षणको लागी स्थानिय तहमा गरिने योजना तर्जुमा सम्बन्धी जानकारी गराईएको हो ।
समापन कार्यक्रममा कमलबजार नगरपालिकाका उपप्रमुख सारदा कुमारी बिष्ट कुँवरले आगामी दिनमा बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गरेर अगाडी बढने कुरामा जोड दिनु भयो । यस्तै कार्यक्रममा नि.प्र प्र अ. खडग बहादुर बिष्टले बाल बालिका तथा किशोर किसोरीलाइ बिभिन्न रचनात्मककामा सहभागी हुन र आफ्ना हक अधिकारको बारेमा जानकारी लिन पनि आग्रह गर्नुभयो । यस्तै उहाँले नगरपालिकाको कार्यालय मार्फत हुने सम्पुर्ण काम कावार्ही चुस्त रुपमा अगाडी बढाउन कार्यालय तत्पर रहेको भनाई राख्नुभयो । सो २ दिने तालिमको संचालन महिला तथा वालवालिका शाखा प्रमुख डम्बरा ढुङ्गानाले गर्नु भएको थियो ।