चन्द्र प्रसाद भाट, १३ माघ, अछाम : अछामको कमलबजार नगरपालिका वडा नः १० घोडासैनमा निर्माण भएको खानेपानी योजनाको अनुगमन गरिएको छ । एक घर एक धारो अभियान अन्तरगत निर्माण भएको खानेपानीको भौतिक संरचनाको शुक्रबार नगरपालिकाका उप प्रमुख एवं अनुगमन समितिका संयोजक शारदा कुमारी बिस्ट (कुँवर) नेतृत्वको टोलीले योजनाको अनुगमन गरेको हो ।

कमलबजार नगरपालिका र ग्रामीण विकास केन्द्र (रुडेक) नेपालको साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको अन्तिम भुक्तानी गर्न बाँकि रहेकाले आज अनुगमन गरिएको बताइएको छ । अनुगमन टोलीको प्रतिवेदन पश्चात रकम भुक्तानी गरिने नगरपालिकाले जनाएको छ ।

गेरुपानी खानेपानी योजना घोडासैन र जुकाने रिप्लागाड खानेपानी योजनाको संयूक्त अनुगमन गर्दै नगर उप प्रमुख कुँवरले नागरिकको सहजताका लागी निर्माण भएको खानेपानी योजनाको दिगोपनाका लागी उपभोक्ता आफै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । योजनाको सरसफाई देखि संरक्षण सम्म उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताउँदै उहाँले योजनाको संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । योजनाको काम निकै प्रभावकारी बनेको भन्दै कुँवरले सहि तरीकाले यसको उपभोग गर्न उपभोक्ता लाई आग्रह गर्नुभयो ।

यस्तै अनुगमन पश्चात संक्षिप्त प्रतिक्रिया दिनुहुँदै कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिस्टले योजनाको काम गुणस्तरीय बनेको भन्दै आगामी दिनहरुमा यसको सहि उपभोग हुनुपर्ने बताउनुभयो । यसका लागी उपभोक्ता आफै जिम्मेवार बन्नुपर्ने बताउँदै उहाँले आफुले प्रयोग गर्ने सम्पदाको संरक्षण गर्नु संबन्धित उपभोक्ताको दायित्व भएको बताए । उपभोक्ताले आफ्नो जिम्मेवारीबाट पञ्छिन नहुँने भन्दै खानेपानीको योजनाको भौतिक संरचनाको संरक्षणमा ध्यान दिन उपभोक्तालाई सुझाव दिनुभयो ।

अनुगमन टोलीमा नगर उपप्रमुख शारदा कुमारी बिस्ट (कुँवर), निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिस्ट, वडा नः १० का वडा सदस्य हस्त बहादुर बिस्ट, नगरपालिका योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना, रुडेक नेपालका प्राविधिक उजिर सिंह नेपाली, पत्रकार, उपभोक्ता समितिका पदाधिकारी, स्थानिय लगाएतको सहभागीता रहेको थियो । Source  : Pharakkhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय