
काठमाडौं : कैलाली दुईका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
बिहीबार पक्राउ परेका चौधरीलाई प्रहरीले आज जिल्ला अदालत पेश गरेकोमा अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कैलाली चलान गरेको हो ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा कोहलवपुरवाट बिहीबार पक्राउ परेका थिए ।
चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।