
माघ ३०, २०७७ त्यस बेला देशमा जनयुद्दको ब्यापक रन्को थियो। स्कुलको भित्ता देखि, छाउपडि गोठको भित्तासम्म जनयुद्दका नाराहरु क्रान्ति गरिरहेका थिए। पिपल चौतारिमा दिन भरि टाउकोमा रातो फेटा बाधेका युवाहरु चर्का चर्का भाषण दिन्थे। गाउलेहरु सबै गडगड तालि बजाउथे। बेलाबेललामा साँङ्गितिक रोनक सुरु हुन्थ्यो। माहोल देख्दा यस्तो लाग्थ्यो साच्चै केहि चमत्कार हुनेवाला छ। गाउका बुद्दिजिबिहरु भन्थे “यो क्रान्ति दलित जनजातिहरुको क्रान्ति हो। यो क्रान्ति कुटो कोदालाहरुको क्रान्ति हो।”
एक दिन धनबिरे बिकले टाउकोमा रातो फेटा बाधेँर कसम खायो ,”म आफू मरेर भए पनि यो क्रान्ति सफल बनाउने छु।” सबैले गडगड तालि बजाए। उसको हातमा माईक दिईयो। उस्ले थरथर कापिरहेका हातहरु उचाल्दै भन्यो हामी अब कसैको गुलामी गर्दैनौ। अब हामी आफर पनि चलाउदैनौ। अब हामी कसैका खेत अधिया बनाउदैनौ। अब हामी आफ्नो हक हितका लागि लड्दै छौ। अब हामी हाम्रो बस्तिमा छिट्टै पानी ल्याउने छौ। अब कसैले पनि हामीलाई दलित भनेर हेप्न पाईदैन। पाईदैन पाईदैन……
दलित बस्तिमा सनसनि फैलियो। बुढापाकाहरुले भने “धनबिरे बौलायो। आफ्नो काँग्रेस पार्टि छाडिकन माउबादी भयो तेईको के खाए होला।” जवान युवाहरु साझपख चिया पसलमा भेला भए। सबैले कान ठाडा ठाडा पारेर धनबिरेका कुरा सुने। धनबिरे यसरि बोलिरहेको थियो मानौ उ कुनै अदालतको वकिल हो। उ भन्दै थियो। आजसम्म हामीले साहुका लुगा सिलायौ। आजसम्म हामीले साहुको मल बोक्यौ। आजसम्म हामीले साहुका आसि बाउसा बनायौ। आखिर के पायौ हामीले। त्यसैले हेर मेरा भाई, भतिजाहरु हो। हामीले आउबादी बन्नु पर्छ। यो पार्टि साच्चिकै हाम्रो पार्टि हो। अब हामी छिट्टै दरबारमा आगो लगाउदै छौ। त्यसपछि त सब हाम्रै हो। माक्सबाद लेलिनबादले पनि यहि भनेको छ नि, ‘गरिबहरुलाई धनि बनाउनु पर्छ।’ अब नेपालमा छिट्टै माक्सबाद लेलिनबाद लागु हुदै छ। त्यसपछि त काङ्गेस, एमालेहरु हराएर जाने छन।
भेला भएका युवाहरु रुल्ल टुल्ल भएर उसलाई हेरि रहे। युवाहरु समुहमा बिभाजन हुन थाले। कोहि माउबादी बन्नु पर्छ भन्ने पक्षमा भेला हुन थाले। कोहि आफ्नो पार्टि काङ्गेस एमालेको चिन्तामा झोक्राउन थाले। समय बित्दै गयो। दलित बस्तिमा आसि हतौडा अँकित झण्डाहरु थपिदै गए। युवाहरु माक्सबाद र लेलिनबादका नाराहरु घोक्न थाले। टाउकोमा रातो फेटा बाधेर गाउ छाड्नेहरुको सङख्या बढ्दै जान थाल्यो। काम धन्दा सबै चौपट हुन थाल्यो। भएका आफरहरु पनि बन्द हुन थाले। बुढापाखाहरु साहुको आगनमा जान पनि लाज मान्न थाले। उनिहरु बस एउटै वाक्य बारम्बार बोली रहे,”धनबिरे बहुलायौ।” पानी पधेरो जताततै क्रान्तिका नाराहरु छापिन थाले। साझमा खाना खान आउनेहरुको सङ्ख्या बढ्दै जान थाल्यो। घरका खाना खानेहरुको सङ्ख्या घट्दै जान थाल्यो। शिक्षकहरु भटाभट पक्राउ पर्न थाले। स्कुलहरु एकाएक बन्द हुन थाले। वल्लो गाउ पल्लो गाउ जाने नया बाटाहरु खुल्न थाले। दिनभरि महिला केटाकेटिहरु नारा लाउन जान थाले। साझमा सबैको घरमा एउटै बाक्य गुन्जिन थाल्यो ‘अब धेरै दिन छैन।’
हेर्दा हेर्दै दलित बस्ति माओबादीको केन्द्र बन्दै जान थाल्यो। हरेक दिन नया – नया अनुहारहरु देखा पर्न थाले। दलित बस्तिलाई आधार बनाएर नया – नया एनजिओ आईएनजिओहरु सन्चालन हुन थाले। कसैले पानीको खोलो बगाई दिने योजना बनाउन थाले। कसैले ‘दलित उत्थान संङ्गठन’ बनाए। कसैले दलित बस्तिमा कण्डम बितरण गर्न थाले। कसैले बाख्रा पालन त कसैले कुखुरापालन ब्याबसाय सुरु गरे। एनजिओ आईएनजिहरु च्याउ उम्रिए जस्तै गरि उम्रिन थाले। गाउका हुने खानेहरुले भटाभट जागिर पाउन थाले। दलित बस्तिका केटाकेटिहरु कुपोषण लागेर मर्दै जान थाले। बदलामा झन एनजिओ, आईएनजिओहरु पोषिन थाले। यता बस्तिमा कुपोषणका प्याकेटहरु थपिदै जान थाले। उता खोलामा खाडलहरु थपिदै जान थाले। गाउका हुने खानेहरू तराईतिर झर्न थाले। गाउ बिस्तारै रितो हुदै जान थाल्यो। हुनेखानेका छोराछोरिहरु सहरतिर पढ्न जान थाले। सरकारि स्कुलहरु बन्द हुन थाले। बेलाबेलामा दलितहरुले मुखियाको घर लुटेको समाचार आउन थाल्यो बुद्दिजिबिहरुको घरमा खजाना बढ्दै जान थाल्यो। क्रान्ति साच्चिकै चमत्कारिक र जादुमय नै बन्दै गयो।
चारैतिर अन्धकार बनाएर गएको घाम बिहानीपख उज्यालो बोकेर फर्किए झै धनबिरेहरु गाउ फर्किए। कसैका हात थिएनन् कसैका आखा त कसैका खुट्टा थिएनन्। सबैले आ-आफ्नो दैलो उघारे र आनन्दको सास फेरे। बुढाबुढिहरुले बुढेसकालमा मलामी पाएकोमा आनन्दको सास फेरे। केटाकेटिहरूले आफ्नो अपराधि बाउको अनुहार देख्न पाए। गाउमा फेरि एका एक चुनाबको भड्खालो सुरु भयो। धनबिरे बिक बैसाखि टेकेर सबैको आगनमा उभिएर भोट माग्न थाल्यो। एउटा खुट्टा नभए पनि उ निकै सक्रिय देखिन्थ्यो। बस्तिमा फेरि नया – नया अनुहारहरु देखा पर्न थाले। कोहि माओबादीलाई भोट माग्न थाले कोहि काङ्गेस त कोहि एमाले, राप्रपालाई भोट माग्न थाले। सुन्दा सबैको कुरा ठिकै लागे पनि दलित बस्तिले यो पटक माओबादीलाई भोट हाल्ने निर्णय गर्यो। पार्टि दलित जनजातिहरुको भएतापनि उपल्लो बर्गका हुनेखानेहरु भटाभट बिजयि हुन थाले। गाउका मुखियाहरु दलित बस्तिलाई धारे हात लगाएर गाली गर्न थाले।
बिजय समारोहमा धनबिरे बिकले बैसाखि छेउमा ठड्याऊदै बोल्यो,” मैले आज भन्दा ठिक सात बर्ष अगाडी यहि ठाउमा भनेको थिए, हामी अब कसैको गुलामी गर्दैनौ। अब हामी आफर पनि चलाउदैनौ। अब हामी कसैका खेत अधिया बनाउदैनौ। अब हामी आफ्नो हक हितका लागि लड्दै छौ। अब हामी हाम्रो बस्तिमा छिट्टै पानी ल्याउने छौ।’हाम्रो लामो त्याग र तपस्या पछि आज त्यो दिन आएको छ। हाम्रो पार्टि अत्याधिक बहुमतले बिजयि भएको छ। म दलितको अगुवा भएको नाताले भन्दै छु, “अब हामीले कसैको अगाडी शिर झुकाउनु पर्ने छैन।” नव निर्वाचित आदरणिय कमरेड सरदसिँह भण्डारि ज्यु’ले हाम्रो हक हितको लागी सँसदमा कुरा उठाउनु हुने छ। अब तपाईहरु ढुक्कले घर जादा हुन्छ। सबैले गडगड तालि बजाए।
समय बित्दै गयो। बिस्तारै देशमा शान्तिको बातावरण बन्दै गयो। प्रदेशिएकाहरु गाउ फर्किन थाले। तर धनबिरेको हालत भने झनझन बिग्रिदै जान थाल्यो। घरपरिवार अस्तब्यस्त थियो। हिजो हाम्रो पार्टि भन्नेहरु बोल्न छाडिसकेका थिए।
एक दिन ‘कमलबजार प्राथामिक स्वाथ्य केन्द्र’को लागि छुट्याईएको बजेट उसैका पार्टिका मान्छेहरुले कुम्ल्याएको खबर सुनेर धनबिरे साच्चिकै मर्माहित भयो। त्यस दिन उ आफ्नो पार्टिको झण्डा सिरानि हालेर निदाउन सकेन। उ माक्स र लेलिनका नाराहरु बिर्सिदै जान थाल्यो। उ हरेक दिन दलित बस्तिको बिग्रिदो अवस्था देखेर चिन्तित हुन थाल्यो। भएभरका आफरहरु बन्द थिए। युवाहरु रक्सि र कुतलमा नराम्ररि फसिसकेका थिए। जग्गा जमिनमा हरियोको नाममा बनमारा बाहेक अरु केहि थिएन। खाने पानीका योजनाहरु केहि भट्टिमा सकिन थाले। केहि हुनेखानेहरुको घर घरमा पुग्न थाले। चुनाब जितेर गएकाहरुको कुनै अतोपतो थिएन। गाउका हुने खानेहरु दलित बस्तिलाई हेयका दृष्टिले हेर्न थालिसकेका थिए। केटाकेटिहरु दिनानु दिन कुपोषणका शिकार हुदै थिए। धनबिरे दिन भरि बैशाखिको साहाराले यता उति डुलिरहन्थ्यो। धारामा खोपिएका नाराहरु पढ्थ्यो र धारामा पानीको लागी लाईन बसेका बुढाबुढिहरुको अनुहारमा अनुबाद गर्थ्यो। कहिले चौतारिमा एक्लै बसेर जँगलमा बिताएका भयानक घटनाहरु सम्झिन्थ्यो कहिले टाउकोमा फेटा बाधेर गरेको भाषण सम्झिन्थ्यो। गाउमा उसलाई सबैले लगाउने एउटै आरोप थियो,”डुमको छोरो भएर देवि देउताका मन्दिर भत्काए पछि यस्तै हुन्छ।”
दलित बस्तिलाई स्वच्छ र सुन्दर बनाउने उसको सपनाले उस्लाई हरेक दिन पिरोलिरह्यो। उ रात दिन छटपट्टिन थाल्यो। दलितहरुले पनि उस्को बिश्वास गर्न छाडिसकेका थिए। अझ कसैले त आरोप पनि लगाउने गर्थे कि खानेपानीको योजनाको पैशा उस्ले पनि मिलेर खाएको हो। हरेक चोटि चुनाब हुदा सबैले धनबिरेका कुरा सुने। उसका सपनाहरुमा साथ दिने प्रण पनि गरे। हाम्रा दलित अगुवा भनेर सम्मान पनि गरे। तर चुनाब जितेर गए पछि कसैले पनि फर्किएर हेरेनन्। उ दलित बस्तिका समस्याहरु बोकेर जिल्लातिर धाउन थाल्यो। चिनेजानेका जतिलाई भेट्न थाल्यो। एनजिओ आईएनजिओका एजेन्टहरुलाई भेट्न थाल्यो। तर कसैले उसको कुरा सुनि दिएनन्। बरु बदलामा उसले जवाफ पायो,’ तपाई योजना बनाएर ल्याउनुहोस ,हामी पास गर्दिन्छौ,पैशा बराबरि बाडम्ला।” धनबिरे निकै आजित भईसकेको थियो। उस्ले चिनेजानेका र भेट्नु पर्ने जति सबैलाई भेटिसकेको थियो। दलित बस्तिको हातल हेरि नसक्नु गरि बिग्रिसकेको थियो। दलित बस्ति अब भोट ब्याङ्क मात्रै नभएर एउटा चर्चित दारु अड्डा बनिसकेको थियो। हरेक घरका सदस्यहरु दारु ब्यापारि बनिसकेका थिए। युवाहरु दारु र जुवामा खुङ्खार भईसकेका थिए। तर धनबिरेको मनमा भने अझै जनयुद्दको घाउ चर्किरहेको थियो। उ निकै थाकिसकेको थियो। उ भित्रको आट र साहस पनि अब अपाङ्ग बनिसकेको थियो। दलितहरुले पनि अब उस्को बिश्वास त के कुरै सुन्न छाडिसकेका थिए। उ एक्लो र निरिह बनिसकेको थियो। यस्तै बेलामा उस्ले पनि दारुको साहारा लिन सुरु गर्यो। उ पनि युवासरुको समुहमा सामिल हुन थाल्यो। जुवा तास र दारुको सँगत उस्लाई प्रिय लाग्न थाल्यो। गाउलेहरु सबैले लगाउने गरेको एउटै आरोप,”डुमको छोरो भएर देवि देउताका मन्दिर भत्काए पछि यस्तै हुन्छ।” झन ब्यापक बन्न थाल्यो। उस्लाई यो उक्ति असह्य हुन थाल्यो। यो कुरा उस्ले बाहेक अरु सबैले पत्याई सकेका थिए।
धनबिरे अब केहि पनि नगर्ने पक्षमा भईसकेको छ। दारु नै उस्को सबै भन्दा नजिकको साथि बनिसकेको छ। कसैले बिकास र पार्टिका कुरा गर्यो भने उ मारुलाँ झै गरि गाली गर्छ। दिन भरि पिपल चौतारिमा एक्लै झोक्राएर बसि रहन्छ। र जब साझ पर्छ उ दारुको नशामा टिल्ल परेर गाउलेहरु र देवि देउताको नाम लिदै चिच्याउने गर्छ। त्यति बेला सबैको मुखबाट एउटै बाक्य निस्किन्छ,’धनबिरे बहुलायो !’