
रमिता बि क
कमलबजारमा पलिका स्तरीय रुपान्तरण सन्जाल गठन तथा सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाको आयोजना तथ आस्था नेपाल र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको संयुक्त साझेदारीमा पालिका स्तरीय जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण संन्जाल गठन गरिएको हो ।
कमलबजार नगरपालिका नगर उप प्रमुख शारदा कुमारी बिस्ट को अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका नि प्रमुख प्रशसकिय अधिकृत खडक बहादुर बिस्ट महिला बालबालिका एवं ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बरा ढुङाना उजुरी तथा प्रशासन शाखा प्रमुख पबित्रा भन्डारी लगाएतको सहभागीता रहेको थियो।
कार्यक्रममा शिर्जना शाउद को संयोजकत्वमा १६ सदस्यीय पालिका स्तरीय रूपान्तरण संजाल गठन गरिएको छ । उक्त कार्यक्रम को सहजीकरण आस्था नेपालका दिल बहादुर शाही र लब बहादुर कुवर ले गर्नु भयको थियो ।
रूपान्तरण कक्षामा सहभागी भईसकेपछी आफुले फजुल खर्चलाई कटाएर खुत्रुके बचत गर्न थालेको, हरेक बार खाना चार जस्ता पोषणका बिषयमा ज्ञान पाएको बालबालिकाको अधिकार र कर्तव्य बारे थाहा पाएको, आफुलाई अप्ठ्यारो परिस्थितीमा सहयोग गर्ने विश्वासिला व्यक्तिहरूको पहिचान गर्न सिकेको,नियमित स्कुल जाने बानिको बिकास भएको,आफ्नो भनाईहरू ढुक्क संग राख्न सक्ने भएको,समाज रूपान्तरकालागि हुने सामाजीक काममा अग्रसर हुन थालेको, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा थाहा पाएको,लैङ्गिकता र सामाजिक समावेशीकरणका बिषयमा ज्ञान हासिल गरेको, प्राथमिक उपचार के हो , कस्तो बेलामा प्राथमिक उपचार काम लाग्छ, व्यवस्थित महिनावारी कसरी गर्न सकिन्छ, संचार भनेको के हो प्रभावकारी संचार कसरी गर्ने र किन आवश्यक छ जस्ता जीवनमा काम लाग्ने महत्वपूर्ण कुराहरू सिकाई भएको कुरा सहभागीहरूले व्यक्त गरेका थिए ।
साथै रूपान्तरण कक्षाले किशोर किशोरीहरूमा नेतृत्व विकासको सीप अभिबृध्दि गरेको छ । आफ्ना राम्रा र नराम्रा बानीह? को बारेमा जानकारी पाई नराम्रा बानीहरू हटाउने सीपको पनि बिकास गरेको छ। यसैगरी रूपान्तर कक्षामा सहभागी भईसकेपछी बाल बिबाह के हो र यसका असरहरूको बारेमा पनि राम्ररी ज्ञान पाएका छन्, आफ्नो जीवनलाई गुणस्तरीय र असल बनाउनका लागि रूपान्तर कक्षाले महत्त्वपूर्ण सहयोग पुर्याएको कुरा सहभागीहरूले सुनाएका थिए।
बढ्दो उमेर संगै किशोर किशोरीहरूमा आउने शारीरिक, मानसिक र संवेगात्मक परिवर्तन र त्यसको नकारात्मक असरलाई व्यवस्थापन गर्न रूपान्तरण कक्षा महत्वपूर्ण मानिएको छ ।
यति मात्र होईन किशोरीहरूलाई व्यक्तिगत जीवनमा आईपर्ने संभावित हिंसा, शोषण, दुर्व्यवहार, बलात्कार जस्ता घटनाहरूलाई प्रतिकार गर्न सक्ने क्षमता विकासका लागि एक हप्ताको आत्म सुरक्षा सीप पनि यसै रूपान्तरण कक्षाको प्याकेजमा समावेश गरिएको हुन्छ।
तनाव व्यवस्थापन गर्ने सीपहरू पनि यसै कक्षामा सिकाईने भएको ले किशोर किशोरी ह?ले आफ्नो जीवनमा आउने तनावहरू पनि व्यवस्थापन गर्न सिकेको बताएका छन् ।
जसले गर्दा, आत्महत्या, कुलत, दुर्व्यसनी जस्ता कुराहरूबाट पनि किशोर किशोरीहरू सचेत रहेको कुरा कार्यक्रमका एक सहभागी रीता ढकालले बताईन् । सहभागिहरूले अझै आगामी दिनमा स्थानिय सरकारले पालिकाका सबै वडाहरूमा रूपान्तरण कक्षाहरू संचालन गर्नु पर्ने सुझावहरू दिएका छन् । मुख्यगरी रूपान्तरणमा १५ वटा खण्डहरू रहेका छन ।