रमिता बि क

कमलबजार बैशाख २८ ।

कमलबजारमा दुई दिने नगर स्तरिय बालभेला कार्यक्रम संचालन भएको छ । आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा पालिका स्तरीय बाल भेला कार्यक्रम संचालन गरिएको हो ।

नगर बाल सन्जालका अध्यक्ष सीता थापाको अध्यक्षतामा सन्चालन गरिएको को कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भयको थियो ।

बिशिस्ट अतिथि नगर उप प्रमुख शारदा कुमारी बिस्ट रहनु भयको कार्यक्रममा अतिथी नि. प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिस्ट , उजुरी तथा प्रशासन शाखा प्रमुख पबित्रा भन्डारी रहनु भयको थियो भने आस्था नेपाल बाट तपेन्द्र ठकुल्ला , हर्क खड्का , दिल बहादुर शाही , लब बहादुर कुवर , हेम बहादुर चन्द र नम बहादुर बिस्ट सहभागीता रहेको थियो ।

प्रमुख अतिथीको आसन बाट बोल्दै नगर प्रमुख ढकालले बाल बालिकाको समृद्धिका लागि पालिका बाट हक अधिकार सेवा सुबिधा मा बिशेष जोड दिने बताउनु भएको छ ।
सहभागितामा बाल बालिकाका सवालहरुलाई बाल भेला बाट पहिचान गरि प्रमुख सवालहरुको प्राथमिकिकरण गर्ने र आगामी योजनाका लागि कार्ययोजना बनाइ स्थानीय सरकार लाई पेस गर्ने उदश्यका साथ बाल भेला सन्चाल्न गरियको हो ।

बाल भेला गर्नु आगाडी र पछाडी बाल बालिकाको सोचमा तथा घर परिवारमा अभिभाबकको सोच के कस्तो थियो के परिबर्तन भयो भनी सहभागी भाइ बालबालिकाह?लाई नकसाङकन गर्नुका साथै बाल बालिका लाई मन पर्ने ब्याबहार र मन नपर्ने ब्यबहार को बारेमा पहिचान गर्ने , यस नगरमा मुख्य बाल बालिकाका सवालहरुको पहिचान र प्राथमीकिकरण गर्ने , बाल बालिकाको लागि सुरक्षित स्थान र असुरक्षित स्थान को पहिचान गर्न सक्ने तथा बाल बालिकाको क्षेत्रमा बाल समृद्धि ल्याउनका लागि बाल बालिकाको परिकल्पना लाई साकार बनाइ समग्र बाल बिकासमा टेवा पुरयाउन तथा बाल शोषण बाल दुव्र्यवहार लाई न्यूनीकरण संगै आगामी बर्सको लागि पालिका स्तरमा बाल बालिका का योजाना बनाइ नगरपालिका सम्म बुझाउने कार्य सहितको उदेश्यले बालभेला संचालन गरिएको बताएको छ ।

नगर बाल सन्जालका सचीव हिमाल बिस्ट को स्वागत मन्तब्य बाट शु? भयको कार्यक्रमको सन्चालन महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय