रमिता बि क

कमलबजार बैशाख २९ ।   कमलबजारमा २ दिने नगर स्तरिय बालभेला कार्यक्रम सम्पन्न भएको छ ।

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा पालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न गरिएको हो ।

आज पुराना बाल संजालका पदाधिरीहरुलाइ बिदाइ गदै‌ नयाँ बाल सञ्जाल गठन गरिएको छ । जस्को अध्यक्षमा भरत खड्का उपाध्यक्षमा महेन्द्र बटाला सचिवमा सृजना साँउद चएन हुनुभएको छ ।

हिजो बिहीबार देखि सञ्जालमा भएकोे बालभेलामा बालबालिका का सवालहरुलाइ पहिचान गरि आगामि कार्य योजना सहित स्थानिय सरकारलाई बुझाउने छ । साथै भरत खड्का को अध्यक्षता मा २१ सदस्यीय नगर बाल संजाल समिती चयन गरिएको छ ।  ।

नगर बाल संजालका अध्यक्ष सीता थापाको अध्यक्षतामा सन्चालन गरिएको साे कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।

बिशिष्ट अतिथि नगर उप प्रमुख शारदा कुमारी बिष्ट कुँवर रहनु भयको कार्यक्रममा अतिथी नि. प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , उजुरी प्रशासक पबित्रा भण्डारी रहनु भएको थियो भने आस्था नेपाल बाट तपेन्द्र ठकुल्ला , हर्क खड्का , दिल बहादुर शाही , लब कुँवर , हेम बहादुर चन्द र नम बहादुर बिष्ट , संञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको थियो ।

यस्तै सहभागितामा बाल बालिकाका सवालहरुलाई बाल भेला बाट पहिचान गरि प्रमुख सवालहरुको प्राथमिकिकरण गर्ने र आगामी योजनाका लागि कार्ययोजना बनाइ स्थानीय सरकार लाई पेस् गर्ने बाल बालिकाको लागि सुरक्षित स्थान र असुरक्षित स्थान को पहिचान गर्न सक्ने तथा बाल बालिकाको क्षेत्रमा बाल समृद्धि ल्याउनका लागि बाल बालिकाको परिकल्पना लाई साकार बनाइ समग्र बाल बिकासमा टेवा पुरयाउन तथा बाल शोषण बाल दुव्र्यवहार लाई न्यूनीकरण संगै आगामी बर्षको लागि पालिका स्तरमा बाल बालिका का योजाना बनाई नगरपालिका सम्म बुझाउने कार्य सहितको उदश्यले बालभेला संचालन गरिएको बताएको हो ।

हिजो बिहीबार नगर बाल सन्जालका सचीव हिमाल बिष्ट को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको समापन पुर्व बाल संजालका अध्यक्ष सिता थापाले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय