पञ्चदेवल बिनायक नगरपालिकामा नगरपालिका स्तरिय २ दिने बालभेला कार्यक्रम समपन्न भएको छ ।

नगर स्तरिय बाल संञ्जालको आयोजना र नगरपालिकाको समन्वय तथा आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा पालिका स्तरीय बालभेला कार्यक्रम सपन्न भएको हो ।

नगर बाल संञ्जालका उपाध्यक्ष महेन्द्र बि क को अध्यक्षतामा सञ्चालन भएको बालभेला कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख अम्बिका चलाउने रहनु भएको थियो । उक्त कार्यक्रमका अतिथि नि .प्रमुख प्रशासकिय अधिकृत डम्बर थापा , महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना शर्मा , पञ्जिकरण शाखा बाट पुष्प उपाध्याय रहनु भएको थियोे ।

यस्तै आस्था नेपाल बाट दिल बहादुर शाही , खगेन्द्र उपाध्याय , हेम बहादुर चन्द , नम बहादुर बिष्ट र बिर्ख बि क लगायत को सहभागीता रहेको थियो । बाल भेला कार्याक्रमको उदघाटन नगर प्रमुख चलाउनेले गर्नु भएको थियो ।

महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन बाल संञ्जालका सचिब चक्र न्यौपानेले गर्नु भएको थियो ।

यस पन्चदेवल बिनायक नगरपालिका अन्र्तरगतको बाल सञ्जालका भाइ बहिनी तथा ९ वटै वाडा स्तरको बाल सञ्जालका भाइ बहिनी हरुको शहभागिता रहेको कार्यक्रममा बालिकाका सवालहरुलाई बाल भेला बाट पहिचान गरि प्रमुख सवालहरुको प्राथमिकिकरण गर्ने , र आगामी योजनाका लागि कार्ययोजना बनाइ स्थानीय सरकार लाई पेस गर्ने उदश्यका साथ बाल भेला सन्चाल्न गरियको हो ।

बाल भेला गर्नु आगाडी र पछाडी बाल बालिकाको सोचमा तथा घर परिवारमा अभिभाबकको सोच के कस्तो थियो के परिबर्तन भयो भनी सहभागी भाइ बहिनीहरुले नकसाङकन गर्नुका साथै बाल बालिका लाई मन पर्ने ब्याबहार र मन नपर्ने ब्यबहार को बारेमा पहिचान गर्ने , यस नगरमा मुख्य बाल बालिकाका सवालहरुको पहिचान र प्राथमीकिकरण गर्ने , बाल बालिकाको लागि सुरक्षित स्थान र असुरक्षित स्थान को पहिचान गर्न सक्ने तथा बाल बालिकाको क्षेत्रमा बाल समृद्धि ल्याउनका लागि बाल बालिकाको परिकल्पना लाई साकार बनाइ समग्र बाल बिकासमा टेवा पुरयाउन तथा बाल शोषण बाल दुव्र्यवहार लाई न्यूनीकरण संगै आगामी बर्सको लागि पालिका स्तरमा बाल बालिका का योजाना बनाइ नगरपालिका लाई बुझाउने कार्य सहित मिति २०८० जेष्ठ ३ गते पन्चदेवल बिनायाक नगरपालिका मा भएको हो ।

कार्यक्रममा बाल बालिकाका सवालहरुको पहिचान संगै सवालहरु लाई प्राथमिकिकरण गर्दा पहिलो १ न मा छाउपडी कु प्रथा , द्रोश्रौ न मा बाल बिबाह र तेस्रो न मा लागि पदार्थ दुर्ब्यसनी रहेको छ भने उत बाल बालिकाका सवाल लाई न्युनिकरण गर्न का लागि धामी झाकी सङ अभिभाबक र बाल बालिका बिच अन्तर संवाद कार्यक्रम गर्ने , बाल बिबाह बिरुद्ध म बोल्छु अभियान बिध्यालय स्तरमा कार्याक्रम गर्ने ,बिध्यालय भर्ना अभियान ,बाल बिबाह सम्बन्धी सरोकार निकाय अभिभाबक र बाल बालिका बिच अन्तर सम्बाद गर्ने , तथा लागू पदार्थ दुर्व्यसनी न्युनिकरण गर्न प्रहरी संग समुदाय साझेदारि कार्याक्रम गर्ने जस्ता कृयाकलाप सहित को कार्यायोजना बानाइ नगरमा पेस गर्ने उद्यश्यले बालभेला कार्याक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको सहजिकरण आस्था नेपालका कर्मचारी हरुले गर्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय