रमिता बि क ।
नेपाली काङ्ग्रेस तोलि अछामको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पंचदेवल विनायक नगरपालिका वडा नम्बर ६ वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेस तोलि अछामको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बार्दिया जिल्लाका प्रतिनिधि जनक बहादुर धामिले अगामी दिनहरुमा आफु अछाममा क्रियाशिल भएर नेपाली काङ्ग्रेसलाई चलायमान बनाउन सधैं लागिपर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै टंक बहादुर धामीले आगामी दिनमा नेपाली काङ्ग्रेस र्पािटलाइ सुदृढीकरण बनाउनका लागि आफु निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गनु भयो । यस्तै आगामी दिनमा तोलिबासिहरु भरपुर सहयोग पाउने औंल्याउनु भयो ।
उत्त कार्यक्रममा काङ्ग्रेस बार्दिया जिल्लाका प्रतिनिधि जनक बहादुर धामि टंक बहादुर धामी जनक अधिकारी टेक बहादूर धामी वडा नम्बर ६ का अध्यक्ष कमल बहादुर रावल काङ्ग्रेसबाट निर्वाचित वडा सदस्यहरु वडा कार्य समितिका सम्पुर्ण पदाधिकारी क्रियाशिल सदस्य लगायतको सहभागिता रहेको थियो ।




