टेक बहादुर थापा / अछाम ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा अछाम ईन्चार्ज लाल बहादुर थापाले स्वर्गिय नेता सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच संविधान जारी गर्न सफल भएको बताउनुभएको छ । नेकपा एमाले अछामले आयोजना गरेको नेपालको संविसधान निर्माणमा स्वर्गिय नेता सुवासचन्द्र नेम्वाङको भूमिका विषयक श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेता थापाले ठुुलो चुनौतीका बावजुतपनि नेता नेम्वाङले संविधान जारी गरेको भन्दै उहाले संविधान निर्माणमा खेलेको भुमिकाको जति प्रशंसा गरेपनी कमै हुने बताउनुभयो । स्वर्गिय नेता नेम्वाङको प्रभावकारी समन्वय,लगनशिलता, कडा मेहनतबाट नै संविधान जारी भएको भन्दै उहालाई हरेक बर्षको असोज ३ गते संविधान दिवसको दिन स्वर्गिय नेता नेम्वाङलाई हरेक नेपाली जनताले सम्झीने बताउनुभयो । नेपाली राजनितिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेता नेम्वाङ एक असल राजनितिज्ञ मात्रै नभई कुशल संगठक शालिन र भद्र स्वभावका धनी समेत रहेको बताउउदै उहाले देखाएको असल बाटोमा अब एमालेका नेताहरु हिड्न जरुरी रहेको बताउनुभयो । उहाको निधनले नेकपा एमाले पार्टीलाई मात्रै नभई सिंगो नेपाली राजनितिलाई ठुलो क्षति भएको बताउनुभयो । कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले स्वर्गिय नेता नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भुमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको बताउनुभएको छ । उहाको अहम भुमिकाले नै नेपालको संविधान जारी भएको हुदा नेता नेम्वाङले खेलेको भुमिकाको एमाले पार्टीले मात्रै नभई अन्य दलहरुले पनि उतिकै प्रशंसा गर्न थालेको बताउनुभयो । सबैको साझा नेताको रुपमा चिनीएका नेता नेम्वाङले देखेका सपनाहरु सकार पार्न एमालेका नेताहरुले अनुसरण गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । देशको राष्ट्र राष्ट्रियताका सवालमा उहाले कहिले पनी कसैसंग सम्झौता नगरेको भन्दै नेता बोगटीले सबै संग समन्वय गर्न सक्ने नेता नेम्वाङले दलहरु विच तिक्तता बढेको बेला सबैलाई एकै ठाउमा ल्याएर बहस गराउने काम पनि नेता नेम्वाङले गरेको भन्दै उहाको प्रशंसा समेत गर्नुभएको थियो । सोही अवसरमा बोल्दै संविधानसभा सदस्य तथा एमाले प्रदेश कमीटी सचिवालय सदस्य भैरे कामीले शालिन भद्र स्वभावका धनी कानुनका ज्ञाता स्वर्गिय नेता नेम्वाङले देशलाई जातिय द्धोन्द हुन बाट जोगाउने काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । नेपालका केही दल तथा देशी विदेशी तत्वले जातका आधारमा राज्य बाड्दै हिडेको बेला देशलाई जातीय द्धोन्दबाट जोगाउन उहाले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । देशलाई जातजाती, भाषाभासी क्षेत्र, लिंगका आधारमा विभाजन गर्ने केही तत्वहरुको सपना पुरा हुन नदिन नेता नेम्वाङले निकै महत्वपूर्ण भूमिका खेलेको उहाको भनाई छ । नेता नेम्वाङले नेपाली जनताको हकअधिकार, स्वतन्त्रता, सम्मान, राष्ट्रिय अखण्डता राष्ट्रिय एकता कायम रहनु पर्छ भन्ने मान्यताका साथ अघि बढेकै कारणले अहिलेको अवस्था सृजना भएको बताउनुभयो । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउदै अध्यक्ष बोहराले स्वर्गिय नेता सुवासचन्द्र नेमवाङले नेपालको संविधान जारी गर्नका लागि खेलेको महत्वपुर्ण भुमिकाको पशंसा गर्दै अब कार्यन्वयका लागी सबैले हातेमालो गर्न आवश्यकरहेको बताउनुभएको थियो । श्रद्धञ्जली सभामा एमाले प्रदेश कमीटी सचिवालय सदस्य भिम जनाला, डिबी साउद, नेपाली काग्रेस अछामका सचिव टक्कर बहादुर शाह, एमाले अछामका सचिव भिम रावल, नेपाल बार यसोसियसनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष सर्पराज रिमाल, नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगाना, नेपाल प्रगतिशिल प्राध्यापक संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद जैशी, प्रगतिशिल कानुन व्यवसायीका केन्द्रिय सदस्य खड्ग बहादुर खड्का, नेपाल बुद्धीजिबि परिषदका हैकला रावल, मंगलसेन नगरपालिका वडा न ३ का अध्ययक्ष तथा कार्यवाहक नगर प्रमुख बृख बहादुर बोगटी, प्रेस चौतारीका केन्द्रिय सदस्य शिवराज ढुंगाना, नेपालस्वास्थ्यकर्मी संगठनका केन्द्रिय सदस्य शिद्ध प्रसाद ढुंगाना लगायतले मन्तव्य राख्दै स्वर्गिय नेता सुवासचन्द्र नेम्वाङले संविधान जारी गर्ने बेला खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रमको उदेश्यको बारेमा पार्टीका जिल्ला अध्यक्ष बोहराले जानकारी गराउनु भएको थियो भने संचालन एमाले जिल्ला कमीटी सचिवालय सदस्य लिलाराज केसीले गर्नुभएको थियो । आज एमाले अछामले अछामको कमलबजारमा संविधान दिवसको अवसरमा बृहत कार्यक्रमको समेत आयोजना गरेको छ ।




