राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय समिती सदस्य भरत चन्द्र बटाला लाई रामारोशन गाँउपालिकाका अध्यक्ष मान बहादु साँउदले ज्यान मार्ने धम्की दिएको प्रति पार्टीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अछाम जिल्ला सचिब दिपक महरको हस्ताक्षरित बिज्ञप्तीमा रामारोशन गाँउपालिकाका अध्यक्ष साउदले पार्टीका क्षेत्रिय समिती सदस्य बटाला लाई ज्यान मार्ने धम्की दिएकाले निजलाई कानुनको दायरामा ल्याई कानुनी कारवाहिको माग गरिएको छ ।




