धनगढी । गायन क्षेत्रको रियालीटि ‘शो नेपाल आइडल’को पाँचौ संस्करणको अडिसन कैलालीको अत्तरियामा हुने भएको छ। यही माघ ८ गते अत्तरियाको सत्यवती एकेडेमीमा अडिसन हुने निर्देशक सुरेश पौडेलले बताए। हेटौडाको अडिसन सकेर नेपाल आइडलको टोली अत्तरियाका लागि प्रस्थान गरिसकेको उनले बताए। अडिसन पुस २१ गतेदेखि झापाको बिर्तामोडबाट सुरु भएको थियो।
सिजन ५ मा यसपाली पुरानै निर्णायकहरुको पुुनरागमन भएको छ। गायन क्षेत्रका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा छन्। नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेटफर्म हो। नेपाल आइडल सिजन–२ को उपाधी यसै क्षेत्रका रवी ओडले जितेका थिए। रवी ओडको क्षेत्र भएकाले पनि एपीवान टेलिभीजनले अत्तरियामा अडिसन राखेको हो।
नेपाल आईडलको सिजन–१ बुुद्ध लामा, सिजन–२ रवी ओड, सिजन–३ सज्जा चौलागाई र सिजन–४ भुपेन्द्र थापामगरले जितेका थिए।




