काठमाडौं। नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय