हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ०९ ।
अछाममा अटोले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका ७ रिडिकोटमा बान्निगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनका २४ बर्षिय बिशाल बोहराले चलाएको सु.प.प्र.०१-००ह ६४२३ नं. को अटोले ठक्कर दिदाँ रिडिकोटका ५५ बर्षिय जनक शाहको मृत्यु भएको हो।
आज दिउँसो जनक शाहलाई सडक क्रस गर्ने क्रममा तिब्र गतिमा हुईकिरहेको अटोले ठक्कर दिदा घाइते बनाएको थियो । उनलाई उपचारका लागि बयालपाटा अस्पताल पुर्याउदाँ उपचारका क्रममा उनको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय