
२०८२ फागुन १३
निर्मल राजा
देशकै प्रतिष्ठीत लघुबित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.को आज बाँकेको कोहलपुरमा सातौ वार्षिक साधारण सभा हुदै छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना शेयरधनीलाई फागुन १३ गते अर्थात आज बाँकेको कोहलपुरमा सातौं वार्षिक साधारण सभामा बोलाएको हो ।
संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको ११० औं बैठकले सातौ वार्षिक साधारण सभा कोहलपुरमा गर्ने निर्णय गरेको थियो ।
सो सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, त्यस्तै लेखापरीक्षकको सहित २०८२ साल असार मसान्तको वित्तीय स्थितिको विवरण वासलात सोही अवधिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सम्बन्धी अनुसूचीहरु छलफल गर्ने र प्रस्ताव पारित गर्ने,त्यसैगरी, आर्थिक वर्ष २०८२/ ०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि का कायम मुकायम कार्यकारी प्रमुख हिरा बहादुर आलेले बताए ।




