
निर्मल राजा
२०८२ फागुन १३
युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा बुधबार कोहलपुरमा सम्पन्न भएको छ ।
वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष शिब बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष चौधरीले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सातौं वार्षिक साधारण सभाले आ.व.२०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी आगामी वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सर्बसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक मनोनयन गरेको अनुमोदन, वित्तीय संस्थाको नियमावली, २०७५ को नियम २९ को व्यवस्था अनुसार सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा मनोनयन गरेको अनुमोदनका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । साथै संस्थाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।
साधारण सभामा ६३/०६ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । ६ जिल्लामा कार्यक्षेत्र रहेको युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि. को चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।
४१ शाखा रहेको युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि.मा हाल सम्म ८१ हजार ८०० सय सदस्य रहेका छन्
साधारण सभामा सेयर सदस्यहरुले राखेको जिज्ञाशाका बारेमा संस्थाका अध्यक्ष शिब बहादुर चौधरी,निवर्तमान कार्यकारी प्रमुख डा. गोपाल दहित, कायम मुकायम कार्यकारी प्रमुख हिरा बहादुर आलेले प्रष्ट पारेका थिए ।

सभामा शेयर धनीहरु मिनराज चौधरी, डम्बर बहादुर शाह, कृष्ण बहादुर कुँवर, किरन थारु र राज कुमार चौधरी लगायतले जिज्ञासा राखेका थिए ।




