सुर्खेत — गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोलि स्थायी घर भई अहिले वीरेन्द्रनगरमा बसोबास गर्दै कक्षा ११ मा अध्ययनरत इनिसा बि.क.को बिहान रहस्यमय रूपमा मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार, इनिसा बिहान घरबाट ‘ट्युसन पढ्न जान्छु’ भनी निस्किएकी थिइन् । केही समयपछि फिर्ता नआएपछि आमाले फोन गर्नुभयो तर फोन स्विच अफ थियो । केहीबेरपछि आमालाई अज्ञात नम्बरबाट फोन आयो — ‘तपाईंकी छोरी सुर्खेतको सहिद पार्कमा बेहोस अवस्थामा छिन्’ ।
आमा तत्काल उक्त स्थानमा पुग्दा छोरी बेहोस अवस्थामा थिइन् र शरीरभरि रगत थियो । आमालाई पनि बेहोस भएपछि प्रहरीले घटनास्थलबाट शवलाई सुर्खेतको काला गाउँ प्रदेश अस्पताल पुर्यायो । अस्पताल पुर्याउँदा चिकित्सकले इनिसालाई मृत घोषणा गरेका थिए।
यो घटना अत्यन्त रहस्यमय रहेको छ । नेपाल प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।
मृतक इनिसाका आफन्तहरूले निर्मला हत्या काण्डजस्तै दोषी उम्कन नदिन माग गरेका छन् । उनीहरूले ‘दोषीलाई हदैसम्मको सजाय होस्’ भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
निजका आफन्तको आग्रह :
यो दुःखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । मृत इनिसा बि.क.प्रति हार्दिक श्रद्धाञ्जली , परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
नेपाल प्रहरीलाई हामी निष्पक्ष, तथ्यमा आधारित र छिटोभन्दा छिटो अनुसन्धान गर्न आग्रह गर्दछौं । दोषी जोसुकै भए पनि कानुनको कठघरामा पुर्याई हदैसम्मको सजाय होस् ।
यो दुःखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । मृत इनिसा बि.क.प्रति हार्दिक श्रद्धाञ्जली !
परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
नेपाल प्रहरीलाई हामी निष्पक्ष, तथ्यमा आधारित र छिटोभन्दा छिटो अनुसन्धान गर्न आग्रह गर्दछौं । दोषी जोसुकै भए पनि कानुनको कठघरामा पुर्याई हदैसम्मको सजाय होस् । चुनाव सकिए लगत्तै नारिदिवसमै भएको घटना सुर्खेत गुर्भाकोट बडाखोलीकि इनिशा बिकको आत्मा शान्तिका निम्ति लडौ ।
बलात्कार पछि हत्या गरेको आरोपमा अनमोल गौलि ,दिपेश ढकाल आशिक ढकाल र गौरब ढकाल गरि चार जना लाइ प्रहरिले नियन्त्रणमा लिएको छ ।
अपराधीको उमेर घटाएर नाबालक साबित गर्ने प्रयास भईरहेको आफन्तको गुनासो छ ।




