रमिता बि क ।
असार १५ गते । कमलबजार दलित एकता समाजको आयोजनामा कमलबजारमा असार १६ गते शनिबार बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कमलबजार दलित एकता समाजको आयोजनामा र कमलबजार नगरपालिकाको आर्थिक सहयोमा कमलबजारमा सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।
कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपालीको अध्यक्षताका सांस्कृतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा दलित समुदायको लोक जिबन झल्किने खालको बृत चित्र निमार्णको लागि बृहत सास्कृतिक कार्यक्रम गरिने भएको हो ।
साथै कार्यक्रममा प्रम्परागत संस्कृति झल्किने मौलिक स्थानीय उत्पादित सामाग्रि चर्चित हुडकेली नाच नेपाली समाजमा रहेका मौलिक बाजाकाजा हरु प्रर्दशन गरिने भएको छ ।
उक्त कार्यक्रम दलित समुदायको रितिरिवाज चालचलन संस्कृति प्रम्परा लाइ संरक्षण सम्र्बधन गर्नको लागि गरिएको अध्यक्ष मिलन नेपालीले बताउनु भयो ।




