रमिता बि क । नगरपालिका स्तरीय तिज प्रतियोगिता तथा शुभकामना आदानप्रदान नृत्य प्रतियोगिता कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तिज प्रतियोगिता तथा शुभकामना आदानप्रदान नृत्य प्रतियोगिता कार्यक्रम कमलबजारमा आइतबार सम्पन्न भएको हो ।
कमलबजार नगपालिकाका उप मेयर तथा बालअधिकार समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यकम्रका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो ।
यस्तै बिशिष्ट अतिथिमा निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, तथा नगरपालिकका निर्वतमान उप मेयर भुमिसरण ढकाल बजगाई रहनु भएको थियो ।
यस्तै १ देखि १० वटै वडाका वडा अध्यक्षहरु , कमलबजार नगरपालिकाका प्रभक्त्ता एवम कमलबजार ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना , कार्यपालिकाका सम्पुर्ण सदस्यहरु , विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधिहरु , पालिका स्तरीय महिला संञ्जालका अध्यक्ष ममता भण्डारी लगायत पालिका स्तरीय महिला संञ्जालका सम्पुर्ण महिला सदस्यहरु , पालिकामा कार्यरत सम्पुर्ण कार्मचारीहरु , शिक्षक अभिभावक व्यापारी बुद्धिजीबि , सुरक्षाकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा पालिकाका १० वटा टिमको सहभागिता रहेको थियो । तिज प्रतियोगिता कार्यक्रममा प्रथम कमलबजार नगरपालिका वडा नम्बर ५ कुईका , दृतिय कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा , तृतिय कमलबजार नगरपालिका वडा नम्बर ९ मष्टबान्डाली र सान्त्वना कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ , रहेका छन ।
उक्त्त भएको कार्यक्रममा आप्mनो लोक सांस्कृति परम्परा झल्किने गरि नृत्य प्र्तियोगिता प्ररस्तुत गरिएको थियो । कार्यक्रमको संञ्चालन स्वास्थ्य शाखाका अनमी पार्वती बि सि चलाउनेले गर्नु भएकको थियो ।








