टेक बहादुर अछाम असोज १८ ।
बिहीबार विश्व शिक्षक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ, शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ भन्ने रहेको छ । दिवसको अवसरमा अछाम जिल्लामा औपचारिक कार्यक्रम नभएपनी शिक्षकहरुले सामाजिक संजाल र संचार माध्याम मार्फत शुभकामना दिएका छन । रेडियो गाउँघर संग कुराकानी गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष तथा षोडशा माध्यामिक विद्यालयका शिक्षक सर्पराज रिमालले शिक्षा क्षेत्रमा देखिएका कमजोरीको सबै दोस शिक्षकलाई दिन नहुने बताउनु भएको छ । यो क्षेत्र भनेको एकले अर्कालाई आरोप लगाउने क्षेत्र भएकाले आरोप प्रतिआरोप गर्नुभन्दा पनि सुधार नहुनुमा सबैको कमजोरी उतिकै देखिएको हुदा समाजका सबै नागरिकले यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । शिक्षकहरु अहिले पनि समस्यामै आफ्नो कर्तव्य पुरा गरिरहेकाले सामुदायीक विद्यालयमा पर्याप्त लगानी नहुन, अभिभावकले पनि आफ्नो कर्तव्य पालना गर्न नसक्नुले शिक्षा क्षेत्रका समस्या देखा परेको र यसको जिम्मेवारी सबैले लिनुपर्ने अध्यक्ष रिमालले बताउनुभयो । शिक्षक दिवसको अवसरमा शिक्षकहरुले हर्ष उल्लासका साथ मनाउनुपर्ने भएपनी राज्यको गैरजिम्मेवारी पनको कारणले शिक्षकहरुमा उत्साह नआएको उहाको भनाई छ । नेपाली शिक्षकहरु आफ्नो कर्तव्य प्रति जिम्मेवार भएको दाबी गर्दै अध्यक्ष रिमालले आफ्नो क्षमता, सिप र विद्यालयमा भएको स्रोत साधनको उचित ढंगले प्रयोग गरि शिक्षा क्षेत्रको विकासका लागि जुट्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभएको छ । नेपाल शिक्षक संघका केन्द्रिय सदस्य तथा षोडशा माध्यामिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुवँरले शिक्षकहरुले आफ्नो दक्षता क्षमता अनुसार गुणस्तरिय शिक्षा दिनका लागि पर्यात्नशिल रहेको बताउनुभएको छ । शिक्षक भनेको समाजमा ज्वती भएकाले राज्यले शिक्षकलाई गर्ने ब्यवहार गतिलो नहुदा क्षिक्षकहरुको मनोबल कमजोर भएको बताउनुभयो । असल चेला नै अशल शिक्षक भएकाले शिक्षकले आफुपनि सृजनशिल हुनुपर्ने र सोही कुरा विद्यार्थिहरुलाई सिकाउनुपर्नेमा जोड दिनुभएको छ । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुले आफ्नो उर्जावान समय बिताएकाले केही शिक्षकहरुको कमजोरीलाई देखाएर समग्र शिक्षकहरुलाई दोस दिन नमिल्ने बताउनुभयो । ९० प्रतिशत शिक्षकहरु आफ्नो जिम्मेवारी प्रति बफादार भएकाले शिक्षक भनेको ब्यक्ति भएकाले ब्यक्तिले गल्ती गर्ने तर शिक्षक पेशाले गल्ती नगर्ने दाबी गर्नुभएको छ । गलत गर्नेलाई कानुनी कार्बाही गर्न सकिने भएकाले सबै शिक्षकहरुलाई एकै डालो हालेर तुलना गर्न नहुने प्रधानाध्यापक कुवँरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय