काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको छ ।

वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो । इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ । संघको यो निर्णयसँगै काठमाडौं-धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ  बढेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय