सुर्जन नेपाली
साँफेवगर, अछाम
सन्दर्भ: छुवाछूत मुक्त नेपालको आजको दिन नेपालका दलित उत्पीडित समुदायका लागि कानुनी न्याय प्राप्त गर्न गराउन नेपाल सरकार ले जातिय छुवाछूत मुक्त घोषणा गरेको दिन हो । सदियौ देखि शासकहरुले आफू र आफ्ना समर्थकको पन्जामा रहने गरि दलित समुदायलाई छुवाछूत तथा जातिय उत्पीडनको दलदलमा फसाइ दोस्रो दर्जाको मानवका रूपमा नेपाली समाज भित्र अस्तित्व बिहिन निरिह जीवन बिताउन बाध्य पारि दिएका थिए। जसको फलस्वरूप आज सम्म पनि दलित समुदायहरु शिक्षा रोजगारी गरिबी अन्याय अत्याचार विभेद बन्चितिकरण तथा भुमिहिनताको समस्यामा अल्झिरहेका पाइन्छन । उहिले को एक थरी समाजले आफ्नो दुनो सोझाउन कामको जोहो टार्न र स्वार्थ पुर्ती गर्नका लागि अर्को थरी माथी गलत नजिर बसाल्ने उदेश्यका साथ पानीजन्य पदार्थ छुन नहुने छोइछिटो हाल्नु पर्ने एउटै छानामुनी बस्न नहुने बिहेवारी नचल्ने हिन्दु धर्ममा आस्था भएपनी मन्दिर प्रबेश गर्न नमिल्ने दुध नचल्ने तर दूध दिने गाइभैसी चल्ने होटेल चिया नास्ता जस्ता मुनाफा आउने कार्य गर्न नमिल्ने सधै भिक्मङा अवस्थामा आफुलाइ समर्पित गर्ने मागिखाने अर्म पर्म बेट्खली बालिघरे काम गरि गुजारा चलाउने सधै परनिर्भर भै साहु महाजन बिष्ट अनि बाहुन क्षेत्रीको दैनिक काममा तल्लिन रहि निर्वाहमुखी जीवन बिताउन बाध्य पारेका थिए। समय काल परिस्थिति अनुसार देशको शासन व्यवस्था फेरिदै गए ब्याक्ती अनि समुदाय को समाजिक जिवन फेरिदै आयो । विभिन्न राजनितिक परिवर्तनहरु र विभिन्न सरोकार वालाहरुको सहयोगमा नेपाल जातिय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिनु पर्ने नैतिक दबाब र मागका कारण नेपाल सरकारले आजकै दिन २०६३ साल जेठ २१ गतेको संसद बैठक बाट नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिसकेको छ । कसैले कुनै पनि ब्यक्ति लाई जात जाती बंश समुदाय वा पेशाका आधारमा जातिय भेदभाव वा छुवाछूत गरि सार्बजनिक वा निजि स्थानमा प्रवेश गर्न,उपस्थित हुन भाग लिन निशेध गर्ने वा कुनै किसिमले रोक नियन्त्रण वा प्रतिबन्ध लगाएमा जातिय विभेद तथा छुवाछूत भएको ठरिने छ । उक्त कार्य गर्ने वा गर्न उक्साउने ब्यक्ति लाई ३ हजार देखी १ लाख सम्मको जरिवाना गरिने छ । निजलाइ ३ महिना देखि ६ महिना सम्म को जेल सजाय हुने व्यवस्था छ । यहाँ सरकार ले आफ्नो कर्तब्य पूरा गरेको मानिन्छ । नागरिकहरुलाई यो व्यवस्थाले खासै छोएको जस्तो मानिदैन । नेपाल छुवाछूत मुक्त देश घोषणा भएको पनि आजको दिन सम्म १५ बर्ष पुरा भएको छ। यो अवधी मा नेपाल भर यो वा त्यो निहुमा जातिय छुवाछूत गरेर१३७ जना दलितको हत्या भएको छ। हजारौं हजार सारिरिक र मानसिक यातनाका घटना हरु सार्बजनिक हुन सकेका छैनन् । आफसी मिलोमतो डर धम्की अनि बल भरमा यस्ता घटना हरु गुप्चुप पारिएका छन । देशले कागजी रूपमा घोषणा गर्यो तर व्यवहार्गत रुपमा हजारौं बर्ष देखी नेपाली बाहुन क्षेत्री र बैश्यहरुको मानस्पटलमा दर्ज भैरखेको बिभेद्को दाग मेटिएको घोषणा भएन झन उग्र रुप धारण गर्यो । पिडक उनै छन न्याय मुर्ति उनैछन अनि कसरी अन्यायमा परेकाको न्याय प्राप्ती हुन्छ । दिनहुँ जातिय अपमान र सामाजिक तिरस्कारका शृङ्खला चलायमान छन । तसर्थ नितिले घोषणा गरि सकेता पनि नियतले शोषण गरिरहेकै पाइन्छ । चरितार्थ स्वरुप छुवाछूत मुक्त नेपाल छुवाछूत युक्त नेपाली भन्न मन लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय