
टेकेन्द्र सुनार,
संयोजक ,जात व्यवस्था उन्मुलन मोर्चा जिल्ला समिति- अछाम ।
बडो सानले भन्छुँ – सबै भन्दा सर्व श्रेष्ठ प्राणी मान्छे हो । यो उपाधि हामिलाई कस्ले दियो ? पशुपन्छीले माछाहरुले या किराफट्याङ्गराले ? यो उपाधि हामिले हामिलाई आफैंले दिएका हौँ । तर के साँच्चै हामिले सबै मान्छेहरुलाई सर्ब श्रेष्ठ मानिरहेका छौँ त ? मान्छेले मान्छेलाई छुँदा मान्छे नमानिने ?मान्छे भएर मान्छे संग गर्ने हाम्रो व्यवहार के साँच्चै सर्व श्रेष्ठ छ त? अहँ छैन यदि सबै संग समान व्यवहार हुन्थो भने हाम्रो समाजमा कुनै जातको मान्छे सानो कुनै जातको मान्छे ठुलो रे भन्ने हुँदैनथो होला । मन्दिर सबैकालागी खुला हुन्थो होला । पानिको धारामा कसैको रगत बगदैन्थो होला। आफूलाई सर्व श्रेष्ठ ठान्ने व्यवहार मानवियताको तुलोमा राखी वजन गर्ने हो भने जातिय विभेदको हाम्रो श्रेष्ठताको वजन झन झन हलुङ्गो हुँदै गएको छ ।
विभेदको घाउलाइ भुल्न सजिलो छैन । आत्म साम्मानमा पुगेको चोटको कुनै हिसाब किताब छैन। बिशौ शताब्दी देखी मान्छे बाट अपहेलित मान्छेहरुले फाईनल म्याच खेल्नै प्रने भएको छ ।किन कि मान्छे बन्नु छ हामिले ।
#_बिसौ शताब्दिदेखी मान्छेबाट शोसीत मान्छेहरु नै हुन दलित
– दलितको अर्थ हो, दलन गरिएको अर्थात् ती मानिसहरु जो आर्थिक ,राजनितिक अनि सास्कृतिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा छेत्री) आदि हिन्दु जातिहरुद्वारा शोषण र उत्पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । र आज पनि छ। गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव कायम नै छ । विश्वका यूरोप, अमेरीका, रुस र चीन जस्ता मुलुकहरुमा भन्दा दक्षिण एसियामा रहेको जात प्रथा बेग्लै किसिमको छ । दक्षिण एसियामा संसारमा कहिँ नभएको (अनुलंघनिय) वर्ण व्यवस्था थियो , छ अथार्त उल्लंघन गर्न नपाईने वर्ण व्यवस्था जस्तो की जातको आधारमा मान्छेले पढ्न पाउने, कुन जातकोले नपाउने, यस्तै जागीर खाने, व्यापार गर्ने, भाँडाकुँडा बनाउने जस्ता कामहरु सबै जातको आधारमा बनाइयो र त्यसलाई पुस्तौंपुस्तासम्म उलंघन गर्ने नपाइने पेसाकोरुपमा स्थापना गरियो । फलस्वरुपः बाहुनले पढ्ने र पण्डित्याईं मात्र गर्ने, क्षेत्रीले शासन गर्ने, वैश्यले कृषि र व्यापार गर्ने र (शुद्र) दलितले सीपको काम गर्दै आए । वर्णको आधारमा बनाइएको यो श्रमविभाजन पछि उल्लंघन गर्न नपाइने बनाइयो । लामो समयसम्म यस्तो अभ्यास हुँदाहुँदा पढ्न पाउनेहरु जागीरेहुँदै गए । व्यापार गर्न पाउनेहरु धनिहुँदै गए ।हतौडा, हँसिया बनाउने, कपडा सिलाउने, बाजा बजाउने लगायतका कठोर काम गर्दै आएका दलितहरु गरीब हुँदै गए ।
किनकि उनीहरुलाई बालिप्रथामा काम गराइन्थ्यो । उचित ज्याला थिएन । जमिन राख्ने अधिकार थिएन ।
पढ्न र जागीर खान नपाएपछि गरीब हुनु स्वभाविकै थियो । हजारौं वर्षको यो प्रथालाई लागु गर्दैजाँदा समाजमा मानिसहरु धनि र गरिब बन्दै गए ।राज्यको कर तिर्न नसकी टाट पल्टेका गरीबहरुले विद्रोह गर्न स्वभाविक नै थियो तिनिहरुलाई राज्यले दण्डीत गर्ने निती लियो ।
नाचगान गर्ने बाजा बजाउने देखी लिएर सिलाई को काम गर्ने फलामका हतियार भाडा कुडा बनाउने तेस्ता कठोर काम गर्ने जति सबैलाई मृत्यु दण्ड दियो भने वह्ममण र छेत्रीले शासन गरेको राज्यनै चल्न सदैन्थो। तेसैले उनिहरुलाई वहिस्कर गरीयो तिनिहरुले राम्रो घर बनाउन नपाउने राम्रो ठाउँ मा बस्न नमिल्ने अन्न उब्जनी केही नहुने ठाउँ अपठ्यारो ठाउँमा बस्नुपर्ने सफा मुल्यको पानि खान नमिल्ने त्यो भन्दा तलको खराब पानि खानु पर्ने जस्ता नियम कानुन बने हजारौ बर्षको यस्तै निरन्तर यो व्यवस्थाले गर्दा तेती बेलाको बहिष्करण मा पारिएको त्यो समुदायलाई पछि छुवाछुत समेत लादियो पानि र भोजन छुन नमिल्ने बनाईयो यो समुदाय आजको दछिण एसीयाको यो नेपाल भु-खण्डमा (दलित) भनि हेपिदै आएको छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा बेला बेलामा भएका आन्दोलनले छुवाछुत प्रथालाई अलिकति कम गर्दै गएको त देखिन्छ तर पूर्णरुपमा यसलाई निमिट्यान्न पार्न त आजका शासकहरु नै चाहन्नन् । किनकि जातकै आधारमा उनीहरुले पनि शासन गर्नुपर्नेछ र गरिरहेका छन् ।
नेपालका प्रधानमन्त्रीहरुको सूची मात्र हेर्नुभयो भनेपनि कुनकुन जातका मानिसले शासन गरिरहेका छन् भन्ने प्रष्ट भइहाल्छ । इतिहास हेर्दा पढ्न खोज्ने र प्रगति गर्न खोज्ने दलितलाई कानमा तेल तताएर हाल्दिने सजाय दिइन्थ्यो ।
लामो समयक्रमपछि नेपाली राजनीतिमा दलित मुक्तिको प्रश्न त उठाइयो तर व्यवस्थित तरिकाले हल गर्न खोजिएन । दलितमाथी अझैपनि विभेद गर्ने मात्रै होइन । गैरदलितको छोरी विहे गरिदियो भनेर मार्ने अपराधिक मानसिकता पनि नेपालमा जस्ताको तस्तै छ ।
जात व्यवस्था भत्काउन निरन्तर वहस, बिद्रोह र चेतनाको बिगुल बजाउन तयार रहनुपर्छ ।