सिद्धार्थ नेपाली
ढकारी अछाम

नेपालमा पछिल्लोचरणमा राजनीति व्यवस्थाको नयाँ बहस गर्नेहरुले समाजवादको बहसलाई नयाँ तरिकाले उठाएका छन् । उनीहरुको भनाई के छ भने, जसरी सूर्यको किरण प्रचुर छ, हावा जतिभने पनि छ, यसलाई उपयोग गर्न जति पनि सकिन्छ र यो प्रयोग गर्नबाट कसैले पनि रोक्न सक्दैन । हो यसैगरी मानिसलाई आवश्यक पर्ने वस्तुहरु पर्याप्त मात्रामा उत्पादन गर्ने र सबैले उपभोग गर्न पाउने अवस्था नै समाजवाद हो ।’

यी र यस्ता कारण, प्रमाण र उद्धेश्यहरु सहित संस्कृति र विकृति छुट्याएर नयाँ तरिकाले जनतालाई प्रशिक्षण दिनुपर्दछ । यही गर्न र हुन नसकेका कारण आज देशको हालत यस्तो भएको हो । यसैगरी स्पष्ट बाटो र विज्ञानसम्मत काम गर्न नसकेका कारण नसकेको कारण समाज अझै परिवर्तन हुन नसकेको हो ।

जात प्रथा सुरुमा प्रथा वा चलनकोरुपमा समाजमा उदाएको र पछि राज्यले नै कानून बनाएर लागु गरेपछि यस्तो अवस्था आएको हो । त्यसकारण यसको असरका बारेमा र यसको खास कारण खोजेर हल गर्न सक्ने विचारको विकास गर्नु नै आजको आवश्यकता हो । राज्यको कमीकमजोरी तथा विभेदमुक्त उच्च शिक्षा र उचित जनचेतनाको कमीले आज जातीय विभेद र सामाजिक उत्पीडनका समस्याहरु समाजमा ज्यूका त्यूँ छन् । हाम्रो समाज शिक्षित त भयो उच्च परिवर्तनकारी र वैज्ञानिक भएन बरु रुढिग्रस्त भयो । किनकी शिक्षा प्रणाली र विद्यालयमा पढाइने पढाइ र तथा पाठ्क्रमहरु नै विभेद मुक्त छैनन् ।

जातको आधारमा श्रेष्ठता चिन्ने नेपाली समाजमा जातीय विभेद विरुद्धको लेख, लेखन गरिएन र व्याख्या गरिएन । अदालतले न्याय दिँदा पनि समाज भने अन्याय कै वकालत गरिरहेको पाइन्छ ।

तसर्थ शैक्षिक सुधारमा समानताका लागि र हिमाल, पहाड र तराईका सबै समुदायका बालबालिकाको पठनपाठनमा आगामी आर्थिक वर्षको शैक्षिकसत्रदेखि नयाँ नीति र नियमावली निर्देशिका अनुसार सम्पूर्ण नेपाली विद्यार्थी भाइबहिनीहरुको उज्ज्वल भविष्यका लागि नेपाल सरकार राज्य सरकार र स्थानीय सरकारले प्राथमिक तहदेखि उच्च माद्यामिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क, व्यवहारीक र सिपमूलक हुनु पर्दछ । यसमा राज्य स्तरीय शिक्षा मन्त्रालयको विशेष ध्यानाकर्षण होस् । गुणस्तरीय प्राविधिक शिक्षा नै मानव विकासको लागि मुलभूत आवश्यकता हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय