
कमलबजार , पाैष २३ । नेकपा एमालेको आठौं अछाम जिल्ला अधिबेशन आज उद्घाटन भएको छ । यसै विचमा नेकपा एमालेका नेता गोविन्द ढकालले नेकपा एमाले अछाम जिल्ला कमिटी सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । आज कमलबजार दैनिक डटकम संग कुरा गर्दै ढकालले जिल्ला कमिटी सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत भएको र पार्टीमा पुर्याएको योगदानका आधारमा आफू सो पदका लागि योग्य भएको बताउनु भयो ।कमलबजार नगरपालिका वडा नं १ मुलिमा स्थाई ठेगाना भएका ढकाल तत्कालीन मुलि गाउँ विकास समिति हुदा नेकपा एमालेको मुलि गाउँ कमिटी अध्यक्ष भएर काम गरेकोे अनुभव भएका उनी युवा संघको जिल्ला सचिव , कमलबजार नगर कमिटी सचिब , क्षेत्रीय कमिटी उप सचिब को जिम्मेवारी समालेर काम गरीसकेका छन । ढकाल जिल्ला कमिटी सदस्यका बलिया उम्मेदवार हुन ।