काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् ।
बुधवार देखि अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका बाइडन लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटर मार्फत बधाई दिएका हुन् ।
राष्ट्रपति जो बाइडन बुधवार ह्वाइट हाउसमा प्रवेश गरेका छन् । बुधवार नै उनले शपथग्रहण गरेका थिए । उनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका छन् ।
बाइडनलाई सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।