निर्मल राजा १३,
नेपाली काँग्रेसका नेता तथा जनआन्दोलनका घाइते नारायणदत्त भट्टले कैलाली कांग्रेसको सभापतिमा उम्मेदबारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य,प्रदेश सांसद,राष्ट्रिय सभा सदस्यको उस्थितिमा भट्टले कैलाली कांग्रेसको उम्मेदबारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै भट्टले केन्द्रीय सभापति शेरबहादुर देउवाको अधिकारिक उम्मेदवार आफुनै रहेको र पाटी सभापति शेर बहादुर देउवाको सल्लाह अनुसार कैलाली कांग्रेसको सभापतिको उम्मेदबार बनेको बताए ।
उक्त उम्मेद्बारी घोषण कार्यक्रममा कैलालीमा रहेका काँग्रेसका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो। केन्द्रीय सदस्यहरु इश्वरी न्यौपाने, रणबहादुर रावल,धनगढीका मेयर तथा काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, उपमेयर तथा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट त्यसैगरि केन्द्रीय सदस्य जीवन राना ,प्रदेश सभा सदस्य टेक बहादुर रैका,राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र लगायतको सहभागिता रहेको थियो । नेता भट्ट नेपाली कांग्रेस कैलालीका पुर्व उप सभापतिमा समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय