फाल्गुन १८ ।   अमेरिकी अनुदान सहयोग एमसिसि को अङ्ग को को रुपमा पास गरिएको व्याख्यात्मक घोषणा लाइ लिएर कतिपय ले अर्थ नभएको झुटो पुलिन्दा कागजको खोस्टा औचित्यहिन भनेको प्रति माओवादी केन्द्र का नेता खकेन्द्र तिमिल्सैना खुमन ले आपत्ति जनाएका छन्  । उनले यदि एमसिसि सँगै एकचोटी संसद बाट पास भएको व्याख्यात्मक घोषणा को अर्थ नहुने हो भने त्यही संसदबाट पारित भएको एमसिसि को के अर्थ भनेर प्रश्न गरेका छन ।नेता तिमिल्सैना ले त्यसो हो भने र सिधा कित सांसद हरु अबैधानिक हुन भन्न पर्यो या यो संसद नै अबैधानिक भयो भन्ने बुझाउँछ तसर्थ यसलाई औचित्यहिन भनेको प्रति मेरो आपत्ति छ एमसिसि लाइ बिशुद्ध एउटा सहयोग प्रोजेक्ट को रुपमा अब अगाडि बढ्ने विश्वास उहाँको छ।यदि व्याख्यात्मक घोषणा लाइ अमेरिका को एमसिसि ले मान्यता दिएन भने उसको एमसिसि स्वत खारेज हुने हुन्छ किनकि यो एमसिसि को अङ्ग व्याख्यात्मक घोषणा हो त्यो कानुन हुनेछ भन्ने कुरा सबैले बुझ्नु पर्छ भन्दै नेता तिमिल्सैनाले कतिपय बुदा मा थप प्रष्टै गर्न व्याख्यात्मक घोषणा नेपाल मै पहिलो प्रयोग हुँदा जनमानसमा संङका उत्पन्न हुनु स्वाभाविक मान्न सकिन्छ यदेपी केहि बुद्धिजीवी र बौद्धिक सर्कल को मान्छे ले भ्रम फैलाउने काम गरिरहेको र कतिपय ले बुझ्दै नबुझेको होला यो कुरा आगामी दिनमा प्रष्ट हुदै जाने उहाँको धारणा छ। उहाँले व्याख्यात्मक घोषणा एमसिसि पास गरेकै दिन एकैचोटी एउटै संसदमा पास भएको हुँदा त्यो त्यसको अङ्ग हो भन्दै अमेरिकाले नमान्ने बित्तिकै अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ त्यसैले भ्रम मा कोहि पर्न आवश्यक नभएको उहाँ प्रष्ट पार्नुभयो। माओवादी केन्द्र ले सुरु देखि नै भन्दै आएको एथास्थिति मा एमसिसि पास गर्न सकिदैन भन्ने कुरा व्याख्यात्मक घोषणा ले पुष्टि गरेको पनि उहाँ को दाबि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय