निर्मल राजा,धनगढी
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
नेकपा एमालेका महासचिव तथा प्रभावशाली नेता शंकर पोखरेलले आज
एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन कार्यक्रममा महासचिव पोखरेल सहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठक लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो
पोखरेलले प्रदेश कमिटीको कार्यालय निरीक्षण समेत गरे ।
नेकपाकालमा प्रदेश कार्यालय भाडाको घरमा प्रयोग भइरहेको थियो भने । अहिले प्रदेश कमिटीले आफ्नै भवन मा
कार्यालय स्थापना गरेको प्रदेश सचिव तथा युवा नेता धर्मराज पाठकले बताए ।