निर्मल राजा फागुन २८,
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपा बलियो बनाउन मद्दत पुगेको बताएका छन् ।
अध्यक्ष लिङ्देन् पार्टीको आमसभालाई सम्बोन्धन गर्न वीरेन्द्रनगर पुग्दा सुर्खेत विमानस्थलमा शनिबार कुरा गर्दै कमल थापाले पार्टी परित्याग गरेर राप्रपा थप बलियो भएको बताए हुन ।
उनले अझ बलियो शक्तिका रुपमा राप्रपा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको र कमल थापाले पार्टी परित्याग गरेर पार्टीलाई कुनै क्षति नभएको समेत बताए ।
उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए ।
अध्यक्ष लिङ्देन् ले राप्रपाको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुने र अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्ने बताए।
लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।