निर्मल राजा फागुन ३०,
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले हलो चुनाव चिन्ह नदिएमा देश भर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आज बर्दियाको गुलरियामा आयोजित आम सभालाइ सम्बोधन गर्न आएका नेता लिङदेनले चुनाव चिन्ह हलो नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन।
उनले चुनाव चिन्ह हलो नै हुने त्यसैमा भोट गर्न समेत आग्रह गरे ।
सांसद समेत रहेका लिङदेनले नेपाली जनताले काङग्रेस, एमाले, माओवादीलाई पटक पटक हेरेको अब एक चोटी राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपालाई हेर्न र मतदान गर्न समेत आग्रह गरे।
उनले स्थानिय तहको निर्वाचनमा हामीले उठाउने उम्मेदवारलाई भ्रष्टचार गदैनौ, बिभेद गदैनौ र जनताको हकहितमा लाग्छौ भनि मन्दिरमा लगी कसम खुवाउने छौ अनि मात्र उम्मेदवार बनाउने बताए ।
पाटी बिभाजन पछि देश दौडा कार्यक्रममा रहेका नेता लिङदेनले हालका नेताहरु सुबिधा भोगी, चरम भ्रष्टचार,नातावाद कृपावादमा फसेको र जनताको हकहितमा काङग्रेस, एमाले, माओवादी नलागेको समेत बताए।
उनले एक प्रसगमा हालका नेताहरु महङगा भएको बताए ।

शाहीकालमा समेत राजाले कहिल्यै अत्यन्तै धेरै सुबिधा भोगी नभएको तर हालका राष्ट्रपति सुबिधा भोकी तथा कानुनको परिधी बाहिर रही आफना बिचार राखिरहेका तथा कानुनको धज्जी समेत उडाइरहेको बताए।
उनले देशका उच्च पदमा बसेका पूर्व राष्ट्रपति, उपराष्ट्रपति लगायतलाई सुबिधा दिन नहुने समेत बताए ।
कार्यक्रमलाइ सम्वोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा , महामन्त्री कुन्ती शाही,प्रवत्ता ज्ञानेन्द्व शाही नायिका तथा नेतृ रेखा थापा ,केन्द्रीय सदस्यहरु लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय