कमलबजार , चैत्र ९ ।
आफ्नो आमाको सम्झना र सम्मानमा श्री कालिका आधारभुत विद्यालय मुली अछामको दान सहयोगबाट निर्माणाधीन भवनका लागी सो बिद्यालय का प्राचार्य देविराम सञ्ज्याल(देवेन्द्र ) ले आफ्नो एक महिनाको पारिश्रमिक दान गर्ने निर्णय गरेको गर्नु भएको छ । आफ्नो आमाको स्मृति दिवसका अवसरमा उहाँले सो निर्णय गर्नु भएको हो । उहाँको आमाको आजकै दिन वि.सं २०६२ चैत्र ९ गते निधन भएको थियोे । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा जानकारी गराउदै लेख्नु भएको छ । “हार्दिक श्रद्धाञ्जली आमा सधैं अभाव खट्की रहनेछ ”                                                                               साथै निर्माण कार्य सम्पन्न हुन लाग्दै गर्दा सामग्री र ज्याला लगायतको भुक्तानी दिन बाँकी रहेको हुँदा सकेको आर्थिक सहयोग गरिदिन हुन सम्पूर्ण सहयोगी मनकारी प्रती हार्दिक अपिल गरिएको छ । सहयोग का लागि सम्पर्क नं ९८४८४२९६८९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय