यहि बैशाष ३० मा हुन गईरहेको स्थानिय निर्वाचन नजिकिदै गर्दा कमलबजार नगरपालिका स्थानिय तहको चुनावको माहोल तात्दै गएको छ ।स्थानिय चिया पसल देखि सामाजिक सञ्जालमा मेयर पदका आंकाक्षी ले उम्मेदवारी धोषणा तथा आफनो आंकाक्षा राखेको देखिन्छ ।
अछाम जिल्ला को क्षेत्रिय सदरमुकाम रहेको कमलबजार नगरपालिकामा नेपाली काग्रेस बाट मेयर पदमा को उम्मेदवार हुने चिया पसल देखि सामाजिक सञ्जाल चर्चा हुन थालेको छ । नेतृत्वका लागी नेपाली काग्रेस मा करिब आधा दर्जन को नाम बढि चर्चा छ । हालका मेयर ओम प्रकाश बिष्ट ,उपप्रमुख भुमिशरण ढकाल(बजगाई),महासमिती सदस्य पदमराज अधिकारी ,महाधिबेशन प्रतिनिधी यज्ञ ढकाल तथा पुराना नेता सुरेन्द्र बिष्ट लाई संभावित मेयर पदका प्रमुख दावेदारको रुपमा समेत हेरिएको छ ।
कस्को पल्ला भारी ??
१ ओम प्रकाश बिष्ट
स्थानिय राजनितीमा भिजेका पुराना नेता तथा कमलबजार नगरपािलकाका संस्थापक समेत रहेका कोईराला समुहप्रति बफादार तथा ईमान्दार रहदै आएका ले ६०÷४० प्रतिशत टिकट भागबण्डा भएमा अछाम को एक मात्र स्थानिय तह कोईराला समुहले पाएका हालका मेयर ओम प्रकाश बिष्ट को सम्भावना शत प्रतिशत रहेको छ तर जिल्ला तह लगायत प्रदेश कमिटी मा कोईराला ,पोडेल समुह को प्रभाव कमजोर हुदा सम्भावना कम रहेको आंकलन गरिएको छ ।
२ यज्ञ ढकाल
कमलबजार मुली निवासी ढकाल क्षेत्रिय समापती हुदै हाल महाधिबेशन प्रतिनिधी रहेका गत बर्ष स्थानिय निर्वाचनमा मेयर पदका दोडमा रहेका ढकाल यस पटक पनि देउवा समुह बाट मेयर पदका संम्भावित उम्मेदवार को रुपमा संम्भावना रहेको छ ।राजधानी केन्द्रित राजनिती गदै केन्द्रमा नेताहरु राम्रो सम्बन्ध बनाएका भएतापनि गुट परिवर्तन तथा देउवा समुहका स्थानिय प्रभावशाली नेताहरु सहकार्य तथा सहयोग नभएमा ढकालको सम्भावना कम रहेको आंकलन गरिएको छ ।
३ पदमराज अधिकारी
कमलबजार सेरा निवासी अधिकारी ने.बि.संघ हुदै नेपाल शिक्षक संघ को जिल्ला को नेतृत्व समालेर हाल महाधिबेशन प्रतिनिधी तथा महासमिती सदस्य रहेका हालै शिक्षक पद बाट राजीनामा दियर खुल्ला राजनितीमा प्रवेश गरेका अधिकारी देउवा समुह तथा जिल्ला सभापती पुष्प शाह निकट रहेका अधिकारी देउवा समुह बाट मेयर पदका प्रवल उम्मेदवार को रुपमा प्रवल संम्भावना रहेको छ
स्थानिय राजनिती भन्दा सदरमुकाम केन्द्रित शिक्षक राजनिती गदै आयका अधिकारी प्रदेश नेताहरु राम्रो सम्बन्ध बनाएका भएता देउवा समुहका स्थानिय प्रभावशाली नेताहरु सहकार्य तथा सहयोग नभएमा अधिकारी को सम्भावना कम रहेको आंकलन गरिएको छ ।
४ भुमिशरण ढकाल(बजगाई),
कमलबजार मष्टाबण्डाली निवासी एक मात्र महिला नेतृ भुमिशरण ने.बि.संघ हुदै नेपाल महिला संघ हुदै जिल्ला कमिटी सदस्य हुदै हाल महासमिती तथा महाधिबेशन प्रतिनिधी रहेकी तथा सबै सँग सहकार्य गरेर जान सकने तथा स्थानिय जनाधार राम्रो रहेका कारण महिला समुह बाट एक मात्र मेयर पदका प्रवल उम्मेदवार को रुपमा संम्भावना रहेको छ ।
हाल उपप्रमुख रहि कामकाज गरेको अनुभव तथा स्थानिय ,जिल्ला तह प्रदेश नेताहरु राम्रो सम्बन्ध बनाएका भएता पुरुष प्रधान मानसिकता स्थानिय प्रभावशाली नेताहरु सहकार्य तथा सहयोग नभएमा को भुमिशरण ढकाल(बजगाई),सम्भावना कम रहेको आंकलन गरिएको छ ।
५ सुरेन्द्र बिष्ट
स्थानिय राजनितीमा भिजेका पुराना देउवाका सहकर्मी समेत रहेका नेता बिष्ट अधिल्लो निर्वाचनमा समेत मेयर पदका उम्मेदवार रहेका र यस पटक स्थानिय युवा नेता को सहयोग रहेमा मेयरमा सुरेन्द्र बिष्ट को सम्भावना रहेको छ तर अस्थिर स्वभाव,स्थानिय वडाको राजनितीमा रमाउने स्वभाव बेलाबेला पार्टी हराउन लागेको आरोपका कारण महाधिबेशनमा प्रभाव कमजोर हुदा सम्भावना कम रहेको आंकलन गरिएको छ ।
ADVERTISEMENT