
सत्ताको कुर्सिमा पुगेपछि आँखामा ३D चस्मा हुदो रहेछ चिनेका लाई पनि बिर्सिने ,गुण लगाएकालाई पनि अल्जाइमरको कारण बिर्सिने नागरिक लाई तल कमिला जस्तै देख्ने घमण्डले छाती सगरमाथा बन्ने ।जनताले पदलाई होईन काम लाई सम्मान गर्ने हो पहिला को मेयर,उपमेयर ,वडा अध्यक्ष भय जनतालाई थाहा नै छैन। जस्ले आफनो धरातल,ईमान तथा कर्तब्य सम्झेर काम गरे ती जनताको आँखामा अहिले पनि छन । काम नगर्ने तर जनता को कर बाट बिलासी जिवन बिताउने लाई आम नागरिकले घृणा गर्छन । तसर्थ राजनिती प्रदुषण लाई मुहान देखि सफा राख्न सक्ने क्षमता भएको ब्यक्ति लाई मात्र जनप्रतिनिधी निर्वाचित गरौ।
बाबु को घर कता? के गदै हो ? चिने जस्तो लाग्यो ? ढोग गरे हजुर त मेरो नाता पर्ने हामी लाई चाहिने मान्छे हो ? केहि समस्या छ की ? तपाई गाँउमा हुनु हुन्छ गाँउ घरतिर अहिले यस्तै प्रश्न गर्ने महासयहरु को सामना गर्नुे पर्ने हुन्छ कि न कि स्थानिय चुनाव नजिकिदै छ कहिले गाँउ घर तिर नभेटिने दौरा सुरवाल कोट मा सजिएका पाँच बर्ष कार्यकाल समाप्त हुदै गरेका छोटे महाराज नयाँ हुने वाला महाराजा ज्यु हरु शहर छोडेर गाँउ झरेको अवस्था छ । कार्यशैली ब्यवहार र चरित्र सबै पार्टीका उस्तै छन । दलका माक्र्सवाद ,लेलिनवाद,जनवाद ,पुजिवाद,साम्यवाद,समाजवाद का भाषण सुन्दा सुन्दा जनता बाक्य दिक्क भईसके । जनता लाई बादको परिभाषा होईन आपmना ,आखा अगाडी ,देखिने र जिवनमा प्रत्क्षय भोग्न पाईने परिवर्तन चाहिएको छ ।जनता लाई बिकासवाद ,स्वास्थ्यवाद ,खानेपानीवाद ,बिजुलीवाद,सञ्चारवाद र सुरक्षावाद चाहिएको हो।
जंगलमा पनि चुनाव हुने भय सिंहको सट्टा स्याल राजा र काग मन्त्री हुने थिय ।हाम्रो समाज पनि त्यस्तै छ । अहिले यिनै सिंह ,स्याल र काग गाँउमा पस्ने क्रममा छन ।सिंह छान्नु होला । अबको चुनावमा बोली भन्दा ब्यवहार हेर्नुहोला गफ भन्दा तथ्य सत्य बुझनु होला ।
एक प्याक दारुमा बिकिएन भने तेलको कुपन लियन भने गाँउमा चामल को बोरा बाडने र नोट लियर भोट किन्ने हरु लाई लखेटन सक्यो भने यो स्थानिय चुनाव हाम्रो भबिष्य बनाउने चुनाव हो यहाँ जनताको समस्या अनुभुत गर्ने स्थानिय भुगोल बुझेका नेता छनोट गरो पाँच बर्ष जनप्रतिनिधी लाई गाली गर्दै बित्यो ।
अब गाँउमा नातावाद ,कुपावाद ,नाममा पार्टीका झोलैहरु गाँउमा नाटक गर्दै फेरि जनता ठग्न आउलान र कुर्सिका उन्मादमा हिजो नमस्कार गर्दा नमस्कार फर्काउन समय नभएका छोटे महाराज पनि गाँउमा फर्किने छन । तर पालो जनताको हो हाम्रो लाई होईन राम्रो लाई दल लाई होईन मान्छे छानो भिजन र गर्ला जस्तो सम्भावना भएको जनताको नेता लाई छानी छानी भोट हालो । तसर्थ राजनिती प्रदुषण लाई मुहान देखि सफा राख्न सक्ने हाम्रो पालामा देखिने बिकास को अनुभुति दिन सक्ने क्षमता भएको ब्यक्ति लाई मात्र जनप्रतिनिधी निर्वाचित गरौ।
चुनाव मा मत हाल्दा तत्कालिन रुपमा जनता लाई खासै फरक नपार्ला तर संघियतामा प्रमुख ,उपप्रमुख तथा वडा अध्यक्ष हटाउने प्रावधान नहुदा गलत तथा सनकी ब्यक्ति छनोट भएमा पाच बर्ष पछुताउनु र गाली गर्न बाहेक केहि गर्नु सकिदैन ।बेलैमा होश गरौ ।
जय जनता जय सचेत नागरिक सचेत समाज