
कमलबजार , बैशाख ३१ ।
कमलबजार नगरपालिका वडा नं १० घोडासैनको वडा सदस्यमा आफ्नै प्रतिस्पर्धामा बिजय उम्मेद्वरलाई गोविन्द बिष्टले बधाई तथा कार्यकालको शुभकामना दिनु भएको छ। सो वडामा नेकपा एमालेका खुल्ला तर्फका वडा सदस्यका उम्मेदवार हस्त बिष्ट विजयी हुनुभएको छ । विपक्षी पार्टी बाट विजयी उम्मेदवार लाई उहाँले भेटेरनै शुभकामना दिनुभएको हो यो कार्यले उच्च राजनीतिक संस्कारको उदाहरण प्रस्तुत भएको छ । साथै स्थानिय निकायको निर्वाचनमा कमलबजार नगरपालिका वडा नं १० को वडा सदस्य प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द विष्ट माथि पार्टीको नेतृत्व बाटै अन्तरघात भएको छ। अध्यक्ष लगायत अन्य तिन सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अत्यधिक बहुमतले विजयी हुदा आफू नेकपा एमालेका उम्मेदवार हस्त बिष्ट संग ११४ मत अन्तरले पराजित हुनुको कारण पार्टी भित्रको अन्तरघात रहेको उहाँको भनाई छ ।
अछाम जिल्लाकै लोकप्रिय नेताको रुपमा चिनिएका बिष्ट नेपाली कांग्रेसको १४ अौ महाधिवेशनमा सबैभन्दा बढी लोक प्रिय मत ल्याएर नेपाली कांग्रेसको अछाम जिल्ला सहसचिव पदमा बिजयी भएका थिए तर स्थानीय निकायको चुनावमा भने पार्टी भित्रको अन्तरघातको सिकार भएकाे छन ।मत गणनाको क्रममा एक देखि छैटौं सम्म रुख चिन्हमा मतदान भएको र आफ्नो चुनाव चिन्ह रहेको सातौ नम्बरमा रहेको चुनाव चिन्ह मा मतदान नभई विपक्षी पार्टीको चुनाव चिन्ह सुर्यमा मतदान भएको भेटिएको छ । पार्टी बाटै २०० मतले अन्तरघात भई राख्दा आफुले प्राप्त गरेको मत मतदाता बाट सहानुभूतिको रुपमा प्राप्त भएको उहाँको बुझाई छ । आफू संग अन्तरघात भएको यथेष्ट प्रमाण(अडियो ) रहेकोले पार्टी भित्र यश बिषयमा छलफल हुनु पर्ने उहाँको माग छ ।