सुर्जन नेपाली , अछाम ।

नेपाल जातिय छुवाछूत मुक्त रास्ट्र घोषणा भएको आज १६ बर्ष पूरा भएको छ । नेपाल सरकारले २०६३ साल जेष्ठ २१ गतेका दिन बसेको संसदको पुर्ण बैठक बाट नेपाल लाई जातिय छुवाछूत मुक्त घोषणा गरेको थियोे । १६ बर्षको अन्तरालमा अन्तर जातिय बिवाहा, प्रेम, धारा छोएको र मन्दिर प्रवेश गरेको निहुमा ४४ जना दलितले ज्यान गुमाएका छन । ज्यानमाराहरु मध्ये केही ब्यक्ति कानुनको दायरामा छन भने केही ब्यक्ति राजनितीक संरक्षण र भनसुनको आधारमा उन्मुक्त छ्न । केही ब्यक्ति अझैसम्म पक्राउ परेका छैनन् भने केही दोषी ब्यक्ति खुलेआम पीडित को वरिपरि घुमिरहेका छ्न । नेपालले २०६८ सालमा जातीय विभेद तथा छुवाछूत (कसुर र सजाँय) ऐन पारित गरेको छ । नेपाल को संबिधान २०७२ ले धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हक र धारा ४२ समानताको हकको ब्यवस्था गरेकोछ । जातीय विभेदको मुद्धाहरुलाई अनुगमन गर्न उच्चस्तरीय संयन्त्र गठन गरि अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्ने काम गरेको छ ।
नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएपछि वि.सं. २०६७ माघ ११ गते, २०७२ कार्तिक १८ गते र २०७७ माघ ८ गते गरि ३ पटक विश्वव्यापी आवधिक पुनरावलोकन (यु.पि.आर.)मा भाग लिएको छ भने जातिभेद तथा रङ्गभेद उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिको समितिलाई १७औंदेखी २३औंसम्म ७ वटा सरकारी प्रतिवेदनको एकमुष्ट प्रतिवेदन २०७५ वैशाख १७–१८ गते सम्पन्न समितिको बैठकमा पेश गरिसकेको छ । नेपाल को तर्फबाट अन्तरास्ट्रिय मंच मा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । घोषणा पश्चात् यो विषयलाई सम्बोधन गर्न सरकारले आफ्नो निति तथा कार्यक्रममा समेट्नु पर्थ्यो त्यो भएको छैन । सरकारले संघ प्रदेश र स्थानीय तहमा दिवस मनाउन र विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गर्न निर्देशन जारी गरिनु पर्थ्यो । सरकार यो दयित्व तथा जिम्मेवारी बाट पछि हटदै आएको छ । यो घोषणालाई कार्यान्वयनमा ल्याउन र दलित समुदायलाई सामाजिक न्याय दिन सरकार ले कन्तिमा १० बर्ष अवधी रहने गरि जातिय बिभेद उन्मुलन दशक घोषणा गर्नु पर्दछ । यश अवधिमा सबै बर्ग क्षेत्र समुदायलाई जात ब्यवस्था र यसले सृजना गरेको सामाजिक असन्तुलन र उचनिचको ब्यवहार को समुल नस्ट गर्न जागरण अभियान सन्चालन हुनुपर्छ । यो सन्देश प्रवाह गर्दै यश दिवसको सम्पुर्ण मुक्तिकामी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय