
निर्मल राजा
पुर्व मेचि देखि पश्चिम महाकालीसम्म उल्टो पैदल यात्रा गरिरहेका ऋषि परियारलाई कैलालीको अत्तरियामा भब्य बिदाई गरिएको छ ।
परियारलाई कैलालीको अत्तरियामा बाजागाजा सहित भब्य बिदाई गरिएको हो ।
स्वास्थ्यका लागि मेची–महाकाली उल्टो पैदल यात्रा भन्ने मुल नारा बोकेका परियारलाई कैलालीको अत्तरियामा बिहान बाजागाजा सहित अत्तरिया बजार परिक्रमा संगै अत्तरियाबाट विदाई गरिएको हो ।
उनले माघ १५ गते देखि झापाको मेची पुल देखि पश्चिम महाकालीसम्म उल्टो पैदल यात्रा सुरु गरेका थिए ।
उनले कैलालीको अत्तरियामा बिषेश स्वागत तथा न्यानो माया गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफ्नो पैदल यात्रा दुई दिन पछि महाकाली पुलमा पुगेर अन्त्य हुने समेत बताए ।
उनले भने ‘उल्टो पैदल यात्रा मार्फत हाम्रो देश नेपाललाई विश्वसामु चिनाउने मेरो उद्देश्य हो ।’ उल्टो पैदल यात्रामा क्रममा आफूले भरपुर स्वागत र हौसला पाउने गरेको बताए ।